चाणक्यको जन्म ईसाभन्दा लगभग ४०० वर्ष पहिले भारतको तक्षशिलामा एक गरीब ब्राह्मण परिवारमा भएको थियो भन्ने कुरा ग्रन्थमा भेटिन्छ।
चाणक्यको बढो चाखलाग्दो कहानी के छ भने एकजना विदेशी यात्री समय मिलाएर प्रधानमन्त्री चाणक्यलाई भेट्न गएछन् । साँझको समय थियो । चाणक्य आफ्नो कुटीमा टुकी बालेर केही लेख्दै थिए। यात्री आएको थाहा पाएर झटपट उनको स्वागत गरेर आसनमा बसाले । त्यसपछि कागज, कलम, मसी एकातिर पन्छाएर नयाँ टुकी बालेर अघि बलिरहेको टुकी निभाए ।
‘एउटा टुकी निभाएर त्यस्तै अर्को टुकी बाल्नुको मतलब के हो ?’ भनेर यात्रुले सोधेछन् । चाणक्यले भनेछन्- अघि म राज्यको काम गर्दै थिएँ, त्यो टुकीमा राज्यको पैसाबाट किनेको तेल छ । अब अहिले म तपाइँसँग व्यक्तिगत कुराकानी गर्दैछु र यो टुकीमा मैले राज्यबाट पाउने तलबको पैसाले किनेको तेल हालेको छु । फरक यत्ति हो, नत्र टुकीमा केही फरक छैन र उज्यालो पनि उत्तिकै हो ।’
चाणक्यले त्यसपछि यात्रीलाई आगमनको उद्देश्य सोद्धा यात्रीले भनेछन्- ‘तपाईको भनाइ र यत्तिकै कुराकानीबाट मौर्यसाम्राज्य कसरी चलेको रहेछ भने कुरा मैले बुझें म तृप्त भएँ, अब मलाई अरू कुरा बुझ्नको केही आवश्यक रहेन ।” यति भन्दै यात्री बिदा भएछन् ।
उनले आफ्नो बुद्धिको चमत्कारद्वारा यूनानी शासकहरूलाई देशबाट बाहिर निकालिदिनुका साथै स-साना राज्यहरूलाई मिलाएर (एकीकरण गरेर) एक विशाल भारतीय साम्राज्यको जग बसालिदिए। चाणक्य राजनीतिका गम्भीरभन्दा गम्भीर रहस्यहरूलाई पनि सजिलै जान्दथे । यसैकारण उनलाई कूटनीतिज्ञका सम्राट् पनि भन्ने गरिन्छ भने शत्रुदमनका लागि कुटनीति अवलम्वन गर्ने भएकोले उनलाई कौटिल्य भन्ने गरिएको हो ।
डॉ विकाश दिव्यीकृतिले भनेका वाक्य, ‘आधे से ज्यादा भारतीय डॉक्टर दवाई मरीजों की हालत बेहतर बनाने की बजाय दवाई कंपनियों की हालात बेहतर बनाने के लिए लिखते..!’ यो भनाईले कतै कोरोना कहरको नेपाली राजनीतिक काण्डसंग मेल खाए संयोग मात्र हुनेछ।
२०४८ देखि २०८१ सम्म ३३ वर्षको संसदीय अभ्यास हेर्दा नेपालमा झण्डै एक/एक वर्षमा सरकार बनाउन र भत्काउन दलहरूले संसदको दूरूपयोग गरेका कहानी प्रशस्त छन् । व्यक्तिगत कुष्ठा, अराजनीतिक अभिव्यक्ति तथा छेडखानीले संसदको गरिमालाई गिराउँदै लगिएको छ ।
प्रधानमन्त्री ओलीकै पालामा दुइ-दुइ पटक संविधानविपरित संसद विघटन भयो । २०७९ को निर्वाचनपछि संघदेखि सबै प्रदेश सरकारबाट बाहिरीएको एमालेले वर्तमान सरकार ढाल्न विभिन्न चाल चालिरहेको थियो ।
राजनीतिकै प्रसङ्गको कुरा गर्ने हो भने गत शुक्रबार पूर्ब-राष्ट्रपति भण्डारीले पहिलो पटक पत्रकार सम्मेलन गरिन। प्रतिपक्ष संगको र सत्तापक्षकै केहि सदस्य संगको भेटघाटले एमालेमा खैलाबैला नमचिएको होइन। ४५ बर्षीय राजनीतिक यात्रा र एमालेको धारणाले गर्दा एमालेको आन्तरिक बिबाद बाहिरिएको कुरा स्पष्ट छ।
‘म अहिले पनि एमाले परिवारको सदस्य हुँ । ४५ वर्षअघि सदस्यता लिएकी हुँ,’ पूर्बराष्ट्रपतिले पत्रकार सम्मेलनमा भनिन्, ‘मदन भण्डारी कोशी–सगरमाथाको इन्चार्ज हुँदा मलाई शपथ गराउनु भएको हो ।’
राजनीतिक दलका नेता, अझ विशेषगरी सत्तारुढ दलका नेता २०७६ यता विभिन्न काण्डहरुमा नमुछिएका होइनन। वाइड बडी प्रकरण, बालुवाटार जग्गा, नेपाल ट्रष्टको जग्गा भाडामा भएको अनियमितता लगायतका प्रकरणमा बाहिर आउनु कुनै नौलो कुरो होइन।
२०७६ सालमा बालुवाटारको ललिता निवास जग्गा प्रकरणले चर्चा पायो। वर्षौ अघिदेखि सरकारी जग्गा हडप्ने क्रम जारी रहे पनि नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलको नाम यसमा मुछिए उनि संगसंगै नेपाली कांग्रेसका प्रभाबशाली नेता विजयकुमार गच्छदार पनि जोडिए। अर्थ मन्त्रीका पुत्र नवीन पौडेलले जग्गा फिर्ता दिने बताएपछि उनी जोगीए तर गच्छदार विरुद्ध मुद्दा दर्ता भयो। यही विषयमा नेपाली कांग्रेसले राजनीतिक पूर्वाग्रह भयो भन्दै संसद अवरुद्ध गरेको थियो।
२२ माघमा गच्छदारसहित १ सय ७५ जना विरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो। ७६ कै अर्को चर्चित टेप काण्डमा संचार मन्त्री गोकुल बास्कोटा मुसीए। सेक्युरिटी प्रेस खरीदमा ७० करोड कमिसन बार्गेनिङ गरेको अडियो फागुन ८ गते सार्वजनिक भएपछि उनी राजीनामा दिन बाध्य भए। नेपाल ट्रष्टको जग्गा प्रकरण पनि २०७६ कै हो ।
पुसमा नेपाल ट्रष्टको जग्गा विनाप्रतिस्पर्धा निकै कम दरमा यति होल्डिङ कम्पनीलाई दिने निर्णय गरेको भन्दै सरकारको आलोचना पनि भयो। गोकर्ण रिसोर्टको जग्गा लिज सम्झौता ६ वर्ष बाँकी हुँदै फेरि २५ वर्ष समय थप गरिएको भन्दै सरकारको निर्णय विवादमा परेको थियो।
पछिल्लो समय राजनीतिकमा निकै उथलपुथलमय भयो। दलगत सहमतिदेखि कानुनी विवादहरुको उत्कर्षको रुपमा समेत चर्चित रह्यो । गत वर्षको सबैभन्दा चर्चित र विवादित नेपाली कांग्रेस र नेकपा एमालेको नयाँ सत्ता गठबन्धनको सहमति जुन असार १७ गते राति घटित हुन पुगेको थियो । त्यसको असरले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सरकारबाट उत्क्रान्ति भए भने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली असार ३० गते चौथोपटक प्रधानमन्त्री बने।
नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकार भ्रष्टाचारमा लिप्त भएको र राजनीतिलाई दुर्गन्धित बनाउन थालेपछि यसलाई रोक्ने विषयको छलफललाई तीब्र बनाए । उनले गत बिहीबार नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संग र लगत्तै शुक्रबार पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गरे। उनको भेटघाट तिब्रताले पनि पार्टीमा संखा पैदा भएको आंकलन गर्न सकिन्छ।
के.पी शर्मा ओलीले गठबन्धन सरकारको सत्ता सम्हालेको १४ महिना भयो । संसदको पहिलो दल कांग्रेससँग सत्ता सहकार्य गरेर दुई तिहाई बहुमत सरकार हाँकेका ओली पछिल्लो समय चर्चाभन्दा बढि आलोचना खेपिरहेका छन् ।गत असार २२ गते नाउपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। संविधानको धारा १०० को उपधारा २ मा ‘सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभासमक्ष प्रस्ताव राख्नुपर्ने’ व्यवस्था छ।
कांग्रेस सभापति शेरबहादुर देउवा र सभापत्नीको आडभरोषामा सत्ता टिकाइरहेपनि पार्टीको आन्तरिक शक्ति सघर्ष र विपक्षीको दबावले बेरिएका छन्। पूर्वराष्ट्रपति विद्याभण्डारीले सक्रिय राजनीतिमा फर्किने घोषणा गरेपछि एमालेमा आन्तरिक बिबाद चर्किएको छ। यसरी यतिबेला नेपाली राजनीतिमा उल्लेखनीय पात्रको रूपमा देखा पर्नेहरूमध्ये सबैजसो एकपछि अर्को गल्ती गर्ने र आफ्ना गल्ती लुकाउँदै अरूमाथि दोषारोपण गरेर आफू चोखो बन्ने प्रयासमा मात्र लागेका देखिन्छन् ।
समिकरण सरकारले खासै परिबर्तन ल्याउन सकेन बरु नेतृत्वको पनि भागबण्डा गर्यो। प्रजा मर्दा छाक छोड्ने राजा थिए रे भन्दै अझै सामाजिक अध्ययन भन्ने किताब बिश्वबिधालयले पढाउछ तर अहिले त कुन पार्टीको रहेछ हेर हेर भन्ने वाच्य आएपछी मात्र ठाडोकान लाउछन। प्रतीब्यक्ति ऋण ९० हजारको हाराहारीमा पुग्न लागीसक्यो तर पनि सरकार दक्ष जनशक्ती रोक्ने तर्खरमा छैन। गणतन्त्रबादी र राजाबादीको छुट्टै गुनासो छ।
‘एउटा टुकी निभाएर त्यस्तै अर्को टुकी बाल्नुको मतलब के हो ?’ भनेर यात्रुले सोधेछन् । चाणक्यले भनेछन्- अघि म राज्यको काम गर्दै थिएँ, त्यो टुकीमा राज्यको पैसाबाट किनेको तेल छ। ‘ भन्ने शब्दांशले बिदेशीको मन छोयो तर बर्तमान काण्डको चर्चा गरि साध्य छैन।
गूगलले हालै बिकाशापटनाम, आन्द्रा प्रदेशमा भारु ५०००० करोडको डाटा सेन्टर स्थापना गर्ने भएको छ। त्यो नेपालमा किन सम्भब भएन, राजनीतिक अस्थिरता? कि भगवानलाई थाहा होला कि सत्तापक्षलाई नै।
हालै नवयुवराज हृदयेन्द्र शाहको जुम्ला ब्लगले निकै चर्चा कमायो। हाम्रो यो नेपाल कहिले समृद्ध बन्छ होला ? भन्ने प्रश्नमा सरल जवाफ दिए, “सबैले राम्रो काम गर्यो भने, सवै कुरा राम्रो चल्यो भने त हाम्रो देश पनि समृद्ध हुन्छ होला, अलिकति हामी पनि लाग्नु पर्यो, आँट गर्नुपर्यो, अलिकति तपाईंहरु पनि लाग्नुस, देश पक्का बन्छ।” दिएर के नै पुग्छ र? मिठो बचन नै काफी छ भन्ने भाब नवयुवराज हृदयेन्द्र शाहको भिडियोमा झल्किन्छ।
नेपाली राजनीतिमा चाणक्य झैँ असल नेताको गुण ‘म’ मा छ भन्ने एकिन स्वयम् नेताले नै गर्न सक्ने अवस्था छैन। नेपाली राजनीतिक प्रणाली कस्तो भयो भने सत्तापक्षको साँस प्रतिपक्षलाई गनाउछ चाहे जुनसुकै महंगा दन्तमन्जनले माझेको होस्। शेखरको धौद्धूप र विधाको बधनियतले समिकरण सरकारको धोति फुस्किने कुरामा सत्तापक्षकै कार्यकर्ता अनविज्ञ छन्। चाणक्य जस्ता सोझा चतुर राजनीतिज्ञ राजनीतिले बिरलै पाउला!