काठमाडौँ । अनेरास्ववियू सरस्वती बहुमुखी क्याम्पस कमिटीको १८औँ सम्मेलन सम्पन्न भएको छ।
उक्त सम्मेलनबाट निश्चल खत्रीको अध्यक्षतामा ४१ सदस्य कमिटी सर्वसम्मतिले निर्वाचित भएको छ।
अध्यक्ष खत्रीले भने ‘हामी भाषण होइन, समाधान ल्याउन आएका हौं। विद्यार्थी साथीहरूको साना–ठूला समस्या सुन्न, बुझ्न र समाधान गर्नको लागि हामी यहाँ छौं।’
अध्यक्ष निश्चल खत्रीको नेतृत्वमा अनेरास्ववियू सरस्वती क्याम्पस समितिमा सदस्यको रूपमा चयन भएको हो। पूर्ब-कमिटीको योगदानको बिषयमा चर्चा गर्दै उनले आगामी दिनमा क्याम्पस परिसरमा उत्पन्न हुने बिधार्थीको समस्यालाई न्यूनीकरण गर्न प्रयत्न रहने जानकारी दिए।
२०७७ सालबाट अध्ययनको शिलशिलामा क्याम्पस प्रवेश गरेका उनि खेलकुदमा रुचि राख्ने मध्ये एक हुन्। हालै उनले ब्यबस्थापन संकाय अन्तर्गत बिबिएम कार्यक्रमको ४ बर्षीय स्नाकोत्तर तहको अध्ययन पूरा गरिसकेका छन्।
१८औँ सम्मेलन सम्पन्न पश्चात ४१ सदस्य कमिटी गत १६ गते क्याम्पस प्रशासनमा आधिकारिक रूपमा दर्ता भईसकेको छ।
अध्यक्ष खत्रीले पढाई संगसंगै खेलकुदका अतिरिक्त बिषयमा पनि पहल गर्ने प्रतिबद्दता जनाए।


