दिदीमाथि करणी गर्ने प्रहरीविरुद्ध मुद्धा दर्ता गर्न गएका भाई थुनामा

काठमाडौं । अपराध नियन्त्रण गर्ने प्रहरीले आफै अपराध गर्यो र अपराध गर्नेको संरक्षण समेत गर्यो भन्ने कुरा सुन्दा हामी सबैलाई अच्चम नै लाग्छ होला । तर कालिकोटको एक महिलामाथि यस्तै घटना भएको छ ।

जिल्लाको शान्नित्रिवेणी गाउँपालिका घर भएकी एक महिलामाथि वाजुरा घर भएका र हाल काठमाडौ उपत्यकामा कार्यरत प्रहरी जवान मानबहादुर विकले शरिरबन्धक गरी जवर्जस्तीकरणी गरेको घटना बाहिरिएको छ । यो घटनालाई प्रहरीले जोडतोडका साथ संरक्षण गर्न खोजेको पीडित महिलाको आरोप छ ।

प्रहरी जवान विकले अपहरण गरी ती महिलामाथि जवर्जस्तीकरणी मात्र गरेनन् आफ्नै श्रीमती भएको भन्दै केहीदिन अघि फेसवुकमा समेत फोटो पोष्ट गरिदिएका थिए । पीडित महिलाले भनिन् ‘मलाई सुरुमा जागिर लगाउछु भनेर फगायो, अविवाहित भनेर भन्यो । पछि जवर्जस्तीकरणी गर्यो । म विवाहीत हो । मेरो पनि २ केटाकेटी छन यस्तो नगर्नु भन्दा उसले मानेन ।

मलाई बेला वेला जवर्जस्तीकरण गर्यो । मेरो फोटा समेत श्रीमती हो भनेर सार्वजनिक गर्यो । मेरो घर परिवारमा झगडा भयो । ममाथि ठुलो अन्याय गर्यो । मैले न्याय माग्न आउदा मेरो भाईलाई उल्टै थुनेको छ । मलाई साथ दिने मेरा दाजु भाईलाई हनी ट्रयापको आरोपमा मुद्धा लगाउने भनेको छ यो कस्तो प्रहरी हो ।’ साउन ८ गते शरिरबन्धक,अपहरण र जवर्जस्ती करणीको मुद्धा लिएर दिदी भाईसंगै ललितपुर प्रहरीमा मुद्धा दर्ता गर्न पुगेका थिए ।

तर भाई विपिनलाई भिडियो बनाएको आरोप लगाउदै प्रहरीले २ दिनदेखि खोरमा थुनेर राखेको छ । ‘मुद्धा लिएर प्रहरीमा पुगेपनि यो मिलेन, उ मिलेन भन्दै प्रहरीले दुख दियो, अन्तीममा कुनै वाहाना नपाएर भिडियो बनायो भन्ने आरोपमा साउन १२ गते भाईलाई थुनेर राख्यो’ पीडित महिलाले भनिन् । श्रीमती सशस्त्र प्रहरी र केही दाई भाई समेत प्रहरीमा कार्यरत भएकाले पनि पीडक प्रहरी जवान विकले प्रहरी संगठनलाई नै प्रभावित पार्ने गरी मुद्धा दर्ता गर्न नदिएको र दुख दिईरहेको पीडित महिलाको भनाई छ । उनले आफूलाई सुरुमा जागिर लगाईदिन्छु भनेर ललाई फगाई गरेको र पछि करणी गरेको बताएकी छन ।

पीडित महिलाले आफू कालिकोटमा भएको बेला फोटा सार्वजनिक गरेको भन्दै मुद्धा दिन कालिकोट प्रहरीमा पुगेको बेला काठमाडौ नै जान भनेकाले काठमाडौ पुगेको खुलासा गरिन । ‘जब म मुद्धा दर्ता गर्न काठमाडौ आउदै थिए, नागढुङगाबाट मलाई मानवहादुरले अपहरण गरी आफ्नो हात्तिबन कोठामा लियो । यातना दियो । वाहिर नभन मुद्धा नदे भन्यो । मेरो जागिर जान्छ भनेर भन्यो,तर मैले त्यो कुरा मानिन मेरो भाईलाई घरबाट बोलाए । सुरुमा सातदोवाटो प्रहरीमा मुद्धा दर्ता गर्न भनेर गए । मानवहादुर पनि त्यहाँ पुग्यो । मेरो श्रीमती हो भन्दै मेरो मुद्धा दर्ता गर्न दिएन । त्यसपछि प्रहरी परिषर ललितपुरमा साउन ८ गते मुद्धा दर्ता गर्न पुगे’ उनले भनिन्, ‘मैले शरिर बन्धक,अपहरण र जवर्जस्तीकरण्ीको मुद्धा लिएर कार्यालय पुगे । उल्टै मेरो भाईलाई भित्र राख्यो । मुद्धा सच्चायएर ल्याउनु जवर्जस्तीकरणी मात्र राख्नु । अपहरण र शरिरबन्धन नराख्नु भन्न थाल्यो ।

यो समाचार तयार गर्दासम्म मुद्धा दर्ता भएको छैन ।’ मुद्धामा सहयोग गरिरहेका पत्रकार कर्ण विश्वकर्माले प्रहरीले विभिन्न षड्यन्त्र गरी मुद्धा प्रभावित पार्न खोजेको आरोप लगाउनु भयो । ‘प्रहरी मानबहादुरको भाई नरेन्द्र विकले इष्टमित्रको कुरा हो । मुद्धा नगर्नु वाहिर समाधान गरौ भनेर आफूसंग कुरा राखेको थियो । त्यो कुरा हामीले मानेनौ’ उहाँले भन्नु भयो । पत्रकार विश्वकर्माले भन्नु भयो ‘नेपाल वायुसेवा निगमको कार्यालयमा आफुलाई वोलाईयो, मानवहादुरका भाई नरेन्द्रले इष्टमित्रको कुरा हो वाहिर मिलाउ भन्यो हामीले मानेनौ । उल्टै हनी ट्रयाप गर्ने षड्यन्त्रमा हामीलाई पैसाको वार्गेनिङ गर्छन कि भनेर बोलाएको रहेछ ।

हामीले कुनै पैसाको कुरा गरेनौ । तर पनि हामी विरुद्ध हनी ट्रयाप भनेर मुद्धा चलाएको सुनेका छौ । टेकु प्रहरीबाट समेत फोन आएको छ । यो भनेको मुख्य मुद्धालाई ओझेलमा पार्न गरिएको प्रहरीको षड्यन्त्र वाहेक अरु कुनै होईन ।’ पीडित महिलाले आफ्ना सहयोग गर्ने दाजुभाईमाथि समेत विभिन्न षड्यन्त्र गरी हनी ट्रयापको मुद्धा लगाउन खोज्नु पीडितमाथिको अत्याचार भएको बताएकी छन । उनले भनिन ‘पीडितमाथि अत्याचार नहोस ।

मैले न्याय पाउनु पर्छ । मेरो मुद्धा दर्ता होस् । मेरो भाईलाई छोडिहोस् । पीडकमाथि कडा कार्वाही होस् । कुरा पैसाको होईन र गरिएको पनि छैन । मलाई न्याय चाहिन्छ । मेरो विरुद्ध राज्यको अपराध नियन्त्रण गर्ने निकायले षडयन्त्र नगरोस, निश्पक्ष रुपमा कानुनी प्रक्रियाबाट अगाडि बढन पाउँ र सबैबाट सहयोग होस ।’

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार