प्रहरीबाटै करणी र शरिरबन्धक, मुद्धा दर्ता गर्न आनाकानी

काठमाडौं । प्रहरी जवान मान बहादुर विकले कालिकोटको एक महिलामाथि शरिरबन्धक र करणी गरेको आरोप लागेको छ ।

बाजुरा घर भएका र काठमाडौ उपत्यकामा कार्यरत प्रहरी जवान विकले कालिकोट शान्नित्रिवेणी गाउँपालिका घर भएकी एक महिलालाई शरिर बन्धक गरी करणी गरेको आरोप लागेको हो ।

पीडित महिलाले आफूलाई जागिर लगाईदिन्छु भनेर ललाई फगाई बेला– बेला करणी गरेको खुलासा गरेकी छन । उनले जिल्ला प्रहरी कार्यालय कालिकोटमा मुद्धा दिन खोज्दा उतै जान भनेपछि ललितपुर प्रहरी परिषद कार्यालयमा शरिरबन्धक, करणी र साईबर क्राइमको मुद्धा दर्ता गर्न पुगेकी थिईन ।

उनी त्यहाँ पुगि प्रहरी कार्यालयमा मुद्धा दर्ता गर्न खोज्दा विभिन्न वाहना बनाएर मुद्धा दर्ता गर्न प्रहरीले आनाकानी गरेको गुनासो गरेकी छन । प्रहरी परिषर ललितपुरका एसपी चक्रराज जोशीले मुद्धा सच्याउन भनेको र उहाँहरु आएपछि दर्ता गरिने ज्वाला खवरलाई बताउनु भएको छ ।

पीडित महिलाले प्रहरीले विभिन्न षड्यन्त्र गरी हनी ट्रयापको मुद्धा लगाउने तयारी गरेको र उल्टै दुख दिने खेलखेलेको आरोप लगाएकी छन । मुद्धा दर्ता गरिनु पर्यो भनेर प्रहरी परिषद पुगेका उनका भाई विपिनलाई समेत प्रहरीले थुनामा राखेको खुल्न आएको छ ।
ललितपुर प्रहरी परिषदमा मुद्धा दर्ताको लागि सहयोग गर्न पुगेका ज्वाला खवर डट्कमका पत्रकार कर्ण विश्वकमाले आफू लगायत सबैलाई पीडित महिलाको मुद्धा कमजोर बनाउन पीडितहरुमाथि उल्टै हनी ट्रयापको आरोप लगाउदै मुद्धा चलाउने तयारी गरेको सुचना आफुले पाएको जानकारी दिनु भएको छ ।

यो समाचार तयार गर्दासम्म पत्रकार विश्वकर्माको मोवाईल भने स्वीच अफ छ । आखिर घटना के हो ? ‘पीडित महिला र प्रहरी जवान विक दुवै विवाहीत हुन । उनीहरु दुवै जना बिच सुरुमा जागिर जगाईदिने शर्तमा सम्वन्ध नजिक भयो । उनीहरु दुवै जनाले एक अर्काको विवाह भएको कुरा लुकाएका थिए ।

प्रहरी जवान विकले मेरो श्रीमती भन्दै फेसबुकमा फोटो सहित पोष्ट गरे । जुनकुराले महिलाको घर परिवारमा तनाब सृजना भयो । त्यसपछि महिलाले उनी विरुद्ध मुद्धा दिन भन्दै कालिकोट प्रहरीमा पुगिन । घटना काठमाडौको भएकाले उतै जान कालिकोट प्रहरीले भन्यो । महिला मुद्धा दिन भनेर काठमाडौ पुगिन ।

महिला काठमाडौ आउदै गरेको जानकारी पाएपछि नागढुङगाबाट प्रहरी जवान विकले महिलालाई कव्जामा लिए । त्यसपछि वेहोस बनाएर आफ्नो कोठामा लिए । यातना दिए । मुद्धा नगर्न धम्की दिए । त्यो कुरा उनका घरमा थाहा भएपछि महिलाका भाई विपिन काठमाडौ पुगे । वहिनीलाई रिसिभ गरी साउन ८ गते विहिवार प्रहरीमा मुद्धा दिन तयारी गरे ।

ललितपुर प्रहरीमा शरिरबन्धक,करणी र साईबर क्राईमको मुद्धा लिएर गए । तर दर्ता गर्न प्रहरीले चासो देखाएन । उल्टै प्रहरीले धम्की दिने गर्यो । भाई विपिनलाई समेत प्रहरीले भित्र थुन्यो । अरु सहयोगीहरु माथि समेत हनी ट्रयाप भन्दै उल्टै मुद्धा चलाउछौ भन्दै प्रहरीले धम्की दिईरहेको छ । म प्रहरी परिषर ललितपुरमा छु । वाहिर जान दिएको छैन ।’ पत्रकार कर्ण विश्वकर्माको भनाई ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार