काठमाडौं । अखिल नेपाल विद्यार्थी युनियन( समाजवादी)ले त्रिभुवन बिश्वबिद्धालयको सुधार र विद्यार्थीका समस्या समाधानका लागि ३२ बुदे माग पेश गरेको छ।समाजवादीका अध्यक्ष नरेन्द्रको नेतृत्वमा शुक्रबार उपकुलपति प्रा. डा. दिपक अर्याललाई ज्ञापनपत्र पेश गरेको हो।
ज्ञापनपत्रमा विश्वविद्यालयमा शैक्षिक र प्रशासनिक संरचना, दलिय राजनितिक भागभण्डा र राजनीतिको चरम हस्तक्षेप, परिक्षा प्रणाली, भौतिक पुर्वाधार, शैक्षिक र प्रशासनिक सुशासन, शैक्षिक क्यालेण्डरको कार्यान्वयन, खोज तथा अनुसन्धान, पाठ्यक्रम, उत्पादित शैक्षिक जनशक्ति र राष्ट्रिय अर्थतन्त्र संगको तालमेलको अभाव लगायतका क्षेत्रमा तमाम समस्याहरु रहेको उल्लेख गर्दै छन । बिबिध समस्याहरुको बिचमा रहेको त्रिविमा दलिय राजनितिक भागभण्डा र दलाल, भ्रष्ट र अनैतिक दलीय हस्तक्षेप एक प्रमुख क्यान्सरको रुपमा रहेको बताइएको छ।
ज्ञापनपत्रमा विविध समस्या र समाधानबारे संगठनले आफ्ना धारणा राख्दै समस्या समाधानको लागि पहल गर्नुपर्ने माग राखिएको छ।
यस्तो छ ज्ञापनपत्रको पूर्णपाठ:


