काठमाडौं । जनपत्रकार संगठन, नेपालकी उपाध्यक्ष जानकी चौधरीकी ममतामयी आमा झुपी चौधरीको निधनमा संगठनले दुःख व्यक्त गरेको छ।
जनपत्रकार संगठन, नेपालका अध्यक्ष शेरबहादुर विश्वकर्माले आज शोक बक्तव्य जारी गर्दै दुःख व्यक्त गरेका हुन।
आमा झुपी चौधरीको हिजो(सोमबार) बेलुका ७ बजे दाङको तुलसीपुर उपमहानगरपालिका वडा न ८ कटकुँइयास्थित आफ्नै निवासमा ८१ वर्षको उमेरमा निधन भएको थियो।
वक्तव्यमा उहाँले सामाजिक राजनीतिक क्षेत्रमा पुऱ्याएको योगदानको स्मरण तथा सम्मान गर्दै दुखको यस क्षणमा उपाध्यक्ष जानकीसहित परिवार एवम् आफन्तहरुमा गहिरो समवेदना व्यक्त गरिएको छ।
