नेकपा गण्डकीले १४ रोपनी धान रोप्यो

पोखरा । नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय उत्पादन निति अन्तर्गत गण्डकी प्रदेश कार्यालयले १४ रोपनी धान रोपेको छ ।
पोखराको छिनेडाँडा १४ नं. वडा कार्यालय नजिकै नेकपा गण्डकी प्रदेश इन्चार्ज उमा सीको नेतृत्वमा १४ रोपनी धान रोपेको नेकपा गण्डकी प्रदेश कार्यालयले बताएको हो ।

 

नेपाल कम्युनिष्ट पार्टीले असार १० गते देखि साउन १० गते सम्म श्रम विदा दीदै आएको छ । देश व्यापी रुपमा यति बेला नेकपाका हजारौ नेता कार्यकर्ता धान रोपाइमा व्यस्त देखिन्छन । नेकपाले लिएको आत्मनिर्भर निति अनुसार नेता कार्यकर्ता संगै देशलाई समेत आत्मनिर्भरताको दिशामा अघि बढ्ने नेकपाको उदेश्य रहेको छ ।

एकीकृत जनक्रान्ति जिन्दावाद ।
नेपाली विशेषतको समाजवाद जिन्दावाद ।।
श्रमलाई सम्मान गरौं ।
श्रम संस्कृतिको विकास गरौं ।।

भन्ने मुल नाराका साथ नेकपा गण्डकीले धान रोपाईलाई निरन्तरता दीदै आएको छ । नेकपा गण्डकी प्रदेशले गण्डकी प्रदेशका विभिन्न ठाउँमा धान रोपाई गर्दै आएको छ ।

रोपाइका तस्बिरहरु :

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार