सिन्धुपाल्चोक । गाउँपालिकाको बिधालयको मुख्य समस्या न बिधार्थीको चाप, न गुणस्तरीय पढाइ। त्यसैले बालबालिकाको उज्ज्वल भबिष्यको लागि अभिभावकले आफ्ना सन्ततीलाई शहर स्थानान्तरण गर्नुको कारण एक शिक्षा पनि हो।
निजि बिधालयले सतप्रतिशतको नतिजाको बोर्ड फरफराईरहदा सरकारी बिधालय भने ८० प्रतिशत नतिजा हासिल नहुदै हर्षित देखिन्छ।
अस्ति मात्रै प्रकाशन भएको एसईई परिक्षामा पाँचपोखरी थाङपाल गाउँपालिकाबाट २२२ जना परिक्षार्थी मध्य १७३ जना मात्र उतिर्ण भए। त्यसैगरी हेलम्बु गाउँपालिकाका २१५ परिक्षार्थी मध्य १५९ मात्र उत्तीर्ण भए भने बाकीँ ५६ जना परिक्षामा पास हुन सकेनन।
सिन्धुपाल्चोक जिल्लाको १२ गाउँपालिका मध्य सबैभन्दा बढी परिक्षार्थी उत्तीर्ण गराउनेको शिर्ष स्थानमा पाँचपोखरी गाउँपालिका छ भने मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकाको उत्तीर्णको अनुपात बराबर छ।
बाकीँ अनुत्तीर्ण भएका बिद्यार्थीको भबिष्यको बारेमा भन्दा पनि तलब भत्तामा शिक्षक केन्द्रित हुदा साक्षरको भन्दा निराक्षरको अनुपात बढी छ।
पछिल्लो समय गुणस्तरीय शिक्षा प्राप्त गर्ने भन्दै गाउँपालिकाका अधिकांश अभिभावकले आफ्ना सन्तती स्थानान्तरण गर्ने क्रम बढ्दैछ । हेलम्बु गाउँपालिकामा पनि निजि बिधालयले मनग्य आम्दानी कमाउने गरेको अनुमान गर्न सकिन्छ।
हालै मात्र प्रदेश सरकारले पिएमट कार्यक्रम अन्तर्गत सरकारी बिधालयका बिधार्थीलाई प्रतीमहिना ५०० का दरले छात्रवृत्ति प्रदान गर्ने निर्णय गर्यो। मेलम्चीघ्याङ बिधालयले कमाएको चर्चा गुमाउदै हेलम्बु गाउँपालिका भन्दा फरक नपर्ला!
बिकट स्थान जहाँ गाडी जादैन, त्याँहा शत-प्रतिशत नतिजा आएकोमा पुरस्कृत भएको गाउँपालिकाको र मेलम्ची नगरपालिकाको उत्तीर्ण अनुपात लगभग बराबर भन्दा फरक नपर्ला!