१ महिने माटोका सामाग्री निर्माण तालिम सम्पन्न स्थानियहरु लालाम्भित

काठमाडौं ।  अल्पसंख्यक कुमाल समुदायको लोप उन्मुक सिप माटोको  विभिन्न आकार प्रकारका भाडा निर्माण परम्परागत सिपको प्रबद्धनको लागी १ महिने माटोका सामाग्री निर्माण तालिम समापन भएको छ ।

बाजुराको बुढि गंगा नगर पालिकाको ८ नं. वडा कार्यलय नजिकै रहेको बाघ बजारमा १ महिने माटोका सामाग्री निर्माण तालिम समापन स्थानियहरु लालाम्भित भएका नेपाल कम्युनिष्ट पार्टीका बाजुरा जिल्ला सचिव अभय सीले बताएका हुन ।

बुढिगंगा नगर पालिकाको आर्थिक सहयोगमा सिप विकास केन्द्र बुनपाको आयोजना र जि आई जेड रीप ग्रिन को सहकार्यमा नेपाल कम्युनिस्ट पार्टी र साझा अभियान बाजुराको सयुक्त पहलमा संचालन भएको  थियो ।

मुख्य प्रशिक्षक मध्य ठिमि भक्तपुरका स्थाई वासिन्दा हरि प्रजापति नेवार कुमाल प्रमुख प्रशिक्षक छन, भने सहायक प्रशिक्षक मा गुल्मिका पदम मुखिया चौधरी कुमाल थिए ।

 

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार