संसदमा हंगामा अमरेशले नेपाललाई लिजमा दिऊँ भनेपछि

काठमाडौं । स्वतन्त्र सांसद डा अमरेश कुमार सिंहले नेपाललाई लिजमा अर्को देशलाई दिऊँ भनेपछि प्रतिनिधि सभा बैठकमा हंगामा भएको छ ।

सांसद सिंहले आपत्तिजनक र राष्ट्रघाती अभिव्यक्ति दिएको भन्दै एमाले प्रमुख सचेतक महेश बर्तौलाले आपत्ति जनाएका हुन ।

सत्तापक्षका अन्य सांसद समेत उठेर विरोध गरेका थिए ।

सभामुख देवराज घिमिरेले सिंहले बोलेको कुरा राष्ट्रहित विपरीत रहेको भन्दै उक्त शब्द रेकर्डबाट हटाउन निर्देशन दिएका थिए । त्यसपछि सिंहले सभामुख एमालेको मात्रै भन्दै बजेट नजाने बोल्न पनि नपाउने किन भन्दै आक्रोश व्यक्त गरेका थिए ।

उनले एमाले देशप्रति गद्दार तपाईँहरू हो भन्दै आक्रोश व्यक्त गरेका थिए । त्यसपछि सत्तापक्षका सांसद नै नाराबाजीमा उत्रेका थिए ।

बजेटको प्रसङ्ग निकाल्दै के भनेका थिए अमरेशले ?

म नेपाल सरकारलाई भन्न चाहन्छु यो चारपाँच जिल्ला नेपालमा राखौँ, बाँकी जिल्ला लिजमा अर्को देशलाई दिऔँ । अमेरिकालाई दिऔँ, चाइनालाई दिऔँ, भारतलाई दिऔँ । बजेट नै जाँदैन भने त्यो जिल्ला नेपालमा किन राख्ने ? खाली ट्याक्स लिनलाई राख्ने ? सहरी विकास मन्त्रालयको म स्टार्ट गर्छु । काठमाडौँमा ३ करोडका दरले १३१ योजना छ । काठमाडौँमा १३१ योजना छ भने मेरो जिल्लामा कम्तीमा १५,२० वटा त पर्दथ्यो । सर्लाहीका जनताले १३१ खोजेको होइन । २० वा ३० राखेको भए हुन्थ्यो ।

डडेलधुरामा गेटा मेडिकल कलेज खोल्दा हामी ताली बजायौँ । तर मधेसमा एउटा पनि नखोल्ने ?

त्यसपछि एमालेका सांसद महेश बर्तौलाले नियमापत्ति जनाउदै २०,२१ र २३ को स्मरण गराउँदै सिंहलाई कारबाही र अभिव्यक्ति हटाउन माग गरेका थिए ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार