काठमाडौं । अल्पसंख्यक कुमाल समुदायको लोप उन्मुक सिप माटोको विभिन्न आकार प्रकारका भाडा निर्माणका लागि मिति २०८२/0२/२१ गते बाट १ महिने सेरामिक तालिम संचालन भईरहेको छ ।
बाजुराको बुढि गंगा नगर पालिकाको ८ नं. वडा कार्यलय नजिकै रहेको बाघ बजारमा १ महिने सेरामिक तालिमको प्रतिकृया दिदै सहभागि नेपाल कम्युनिष्ट पार्टीका बाजुरा जिल्ला सचिव अभय सीले मानव जिवन कला र कृति दुवै भएको बताएका हुन ।
बुढिगंगा नगर पालिकाको आर्थिक सहयोगमा सिप विकास केन्द्र बुनपाको आयोजना र जि आई जेड रेप ग्रिन को सहकार्यमा नेपाल कम्युनिस्ट पार्टी र साझा अभियान बाजुराको सयुक्त पहलमा संचालन छ ।
नेकपाका बाजुरा जिल्ला सचिव अभय सी आफु पनि माटाका भाडा बनाउने तालिम सिक्दै छन । साथै कुमाल समुदायका स्थानिय दर्जनौ मानिसहरुले यो सिप सिकिरहेका छन । आगामि दिनमा कुमाल समुदायले यस तालिमबाट रोजगारी र आत्मनिर्भर हुने विश्वास लिएको सीले बताए ।
मुख्य प्रशिक्षक मध्य ठिमि भक्तपुरका स्थाई वासिन्दा हरि प्रजापति नेवार कुमाल प्रमुख प्रशिक्षक छन, भने सहायक प्रशिक्षक मा गुल्मिका पदम मुखिया चौधरी कुमाल छन ।
विश्व दृष्टिकोण संग कुरा गर्दै उनले भने ‘मेसिनमा एउटा मिक्चर मेसिन र ३ ओटा हुईल मेसिन हरु द्वारा माटोका विभिन्न प्रकार का भाडा हरु बनि रहेका छन यस योजना कार्यक्रममा सम्पुर्ण सहयोगि हातहरु लाई मनहरु लाई विषेश धन्यवाद दिन चाहान्छु ।’
यो तालिम असारको १५ गते सम्म सकिने सीले बताएका छन ।
स्वास्थ्यका लागि किन आवस्यक छ ? किन राख्ने घरघरमा माटाका भाडा ?
माटोका भाडाका फाईदा हरु :
१) रसायन रहित पाचनमा सुधार ।
२) पर्यावरणमैत्री पलाष्टिक जस्तो प्रदुषण नगर्ने ।
३) ताप सन्तुलन पानि चिसो र खाना ताजा नै रहन्छ ।
४) संस्कृति संरक्षण परम्परागत सिप को संरक्षण हुन्छ ।
५) सस्तो र उपलब्धता ग्रामिण क्षेत्रमा सहज पाईन्छ ।
६) खानाको स्वाद वढाउने खाना स्वादिलो पनि हुन्छ ।
७) पानि सुद्व राख्ने पानिमा प्राकृतिक फिल्टर क्षमता हुन्छ
८) घर सजावटमा उपयोगि हुन्छ प्राकृतिक सौन्दर्यात्मक ।
९) धेरै मान्छेलाई रोजगार बनाउन सक्ने वैज्ञानिक काम ।