सलल...
प्राणतत्त्व बग्दैछ,
नदी जस्तै...
अनि त्यसमा उत्पन्न हुने नदिज..उर्फ भीष्म पितामह झै!
यात्राको यात्रान्तको टुंगो छैन,
असिम यो शून्य जस्तै...
स्वप्न अन्धकारको रजनीमा धप-धप चम्केका ताराहरू जस्तै,
र म मग्न छु... यही नदीको बहावमा...
म प्रच्छन्न छु, मन फुर्मान छ,
नहुनु पनि कसरी...?
करिष पगाल्ने बहाबले पक्कै केही नूतनता ल्याउछ,
नूतनता स्थलकन्द भेटे उत्पन्न हुने उपहास जस्तै,
मणिकाञ्चन संयोग कहिले?
ज्ञानयोग के?
यसले बग्न सिकाउँछ, सिकाउँदैछ,
आफ्नो यात्राम्भ देखि यात्रान्त सिकाउँछ...
कति चुनौतीहरू संग ठोकर खाए तापनि,
यात्राको चुमतीचौधडी खोज्छ,
यो हतोत्साहित हुँदैन... बस बगिरहन्छ,
चली रहन्छ छालहरू संग रमाउँदै,
यो त आफ्नै गतिमा अघि बगिरहन्छ...
सलल....