सिन्धुपाल्चोक । हेलम्बु गाउँपालिका भन्ने बित्तिकै मेलम्ची सुरुङ्ग र हालको चर्चित पर्यटकिय स्थल आमा यांग्री सम्जिनु कुनै नौलो कुरो होइन।
भूकम्पले सिन्धुपाल्चोक जिल्लामा अलि बढी क्षती त भयो तर मेलम्ची नगरपालिका लगायत हेलम्बु गाउँपालिकामा मेलम्ची खोलाले अकल्पनीय बिनाश गरायो।
मेलम्ची, तालामारंग, ग्याल्थुमको जस्तै गाउँ-गाउँको सदरमुकाम कहलिने चनौटे बजारमा कहिँ नभएको जात्रा हाडीगाउँमा भनेझै भएको छ।
करिब तीन महिना अगाडीबाट निर्माण कार्य सुरु भएको उक्त पुलको निर्माणसम्पन्न कुन समयमा हुने हो भन्ने बिषय कि निर्माण कम्पनीलाई थाहा होला या प्रदेश सरकारलाई नै!
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीको गाडी नदि तर्ने क्रममा मेलम्ची खोलामा पसेको हो।
दुई ह्युम पाईपको भरमा खोलाबाट अस्थाई बाटो चलाएको धेरै समय भएपनि स्थानिय सरकार र प्रदेश बिच सम्मनय नहुदा काममा ढिलासुस्ती भएको थियो।
गत बिहिबार मात्रै परेको भिषण पानीको बहाबले हेलम्बु सुपर सोही तरिकामा खोलामा फसेको थियो। पानीको बहाबले बाटो नदेखिएपछि मन्त्रीको <span;>गाडी केहीबेर खोलामा फसेको हो।