काठमाडौं । गत जेठ १४ गते मात्रै सफाई पाएका अफताव आलमको कहानी सुन्ने हो भने साउथ मुभीको भन्दा कम छैन।
यसै बिषयलाई लिएर माओवादी केन्द्रमै उच्च छवि बनाएका नारायणकाजी श्रेष्ठले ‘बहादुर’ न्यायाधीशहरूलाई जनताले कहिल्यै बिर्सने छैनन् भन्नी अभिव्यक्ति राखेका छन्।
कथा कपोकल्पित शैलीको छ, सार बुज्ने हो भने उनी वाणासुर भन्ने दैत्य या भस्मासुर भन्दा पनि चर्को पात्र हुन अफ्ताब आलम।
उनले गरेका कार्य हेर्ने हो भने ज्यान मार्ने मुद्दामा कारागार चलान गर्नुपर्ने हो तर सुन्ने हो भने हलमा फिल्म हेर्दा तर्सिएका दर्शकले त नसुन्दै राम्रो।
ज्युदै मान्छे इट्टा भट्टामा हाल्न सक्ने सम्मको बहादुर मानिस हुन अफ्ताव आलम, रिहाई र पिडितको कहानी दाज्ने हो भने सत्तापक्षले राष्ट्रिय बिभुषण दिन मात्र बाकिँ छ उनलाई।
२०६४ को घटनाको फाईल २०६५ साउनमा सर्बोच्चमा दर्ता भयो, त्यसको साढेँ ३ बर्ष पछि शुशिला सच्चरित्राको इजलासले केश केलाए।
रिटको माग बमोजिम परमादेश जारी गरियो। २०७६ कार्तिक १८ मा ११ जना बिरुद्द मुद्दा चलाईयो।
१२ बर्षको ढौड-धुपले पिडितले न्याय पाए महसुस गर्न नपाउदै गठबन्धन सरकार मार्फत सफाई पाए।