काठमाडौं । चालू आर्थिक बर्षको भन्दा आगामी बजेट ५.६ प्रतिशतले बढेको छ।
आर्थिक बर्ष २०८२/८३ का लागि १९ खर्ब खर्ब ६४ अर्ब ११ करोडको बजेट सार्वजनिक गरेको छ ।
अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संघीय संसदको संयुक्त बैठकमा बजेटको आकारबारे जानकारी गराएका हुन् ।
चालु खर्च ११ खर्ब ८० अर्ब ९८ करोड अर्थात ६०.१ प्रतिशत, ४ खर्ब ७ अर्ब ८९ करोड (२०.८ प्रतिशत) र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७५ अर्ब अर्ब २४ करोड विनियोजन गरिएको छ ।