इच्छुककाे सम्झना प्रकाशित कृति “स्मृति र आदर्श” विमाेचन

काठमाडौं ।  जनपत्रकार सङ्गठन नेपाल, केन्द्रीय समितिले प्रकाशन गरेकाे स्मृति र आदर्श नामक कृति विमोचन गरिएको छ ।

मंगलबार प्रगतिशील साहित्यकार तथा जनपक्षीय पत्रकार कृष्णसेन ‘इच्छुक’ काे सम्झनामा प्रकाशित कृति विमोचन गरिएको हो ।

इच्छुककाे २४औं स्मृतिमा आयोजित “प्रगतिवादी साहित्य र समकालीन पत्रकारिता” विषयक सम्वाद कार्यक्रममा पुस्तक विमाेचन गरिएकाे हाे । नेकपा पाेलिटव्युराे सदस्य माइला सी, नेकपा पाेलिटब्युराे सदस्य बन्दुक सी, साहित्यकार डा. अमर गीरी, नेपाल पत्रकार महासंघका बरिष्ठ उपाध्यक्ष उम्मिद बाग्चन्द लगायतले संयुक्त रूपमा बिमाेचन गरेका हुन् ।

पुस्तकमा नेकपा महासचिव विप्लव सीकाे “कमरेड कृष्ण सेन : स्मृति र आदर्श” शीर्षककाे लेख अग्रस्थानमा छापिएको छ । नेकपा स्थायी समिति सदस्य सन्ताेष सी, अनिल सी, भरत सीका लेखहरू पनि समेटिएकाे छ । ९२ पृष्ठकाे उक्त पुस्तकमा इच्छुकले नेपालकाे पत्रकारिता आन्दोलन, प्रगतिशील साहित्य र कम्युनिस्ट आन्दाेलनमा पुर्याएको याेगदानकाे चर्चा गरिएको छ ।

जनपत्रकार संगठन नेपालले इच्छुक २४औं सम्झनामा पुस्तक प्रकाशन गरेको थियाे ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार