डा.विश्वनाथ पौडेल १८ औं गभर्नर

अन्तत: गभर्नर पदको आश गरेका निलम र सम्भाबित गभर्नर गुणाकरलाई हेरेको हेर्यै बनाएर एकाएक कहानीमा विश्व पौडेलले नँया ट्विस्ट ल्याए, अन्तत: गभर्नर नियुक्त भए।

मन्त्रिपरिषद्को बैठकले नेपाल राष्ट्र बैङ्कको गभर्नरमा अर्थविद् डा विश्वनाथ पौडेललाई नियुक्त गरेको छ।

आज साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा गठित तीन सदस्यीय सिफारिस समितिको सिफारिसमा पौडेललाई नियुक्त गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले सञ्चारकर्मीलाई जानकारी दिए ।

सिफारिस समितिले डा विश्वनाथ पौडेल, राष्ट्र बैङ्कका कायममुकायम गभर्नर निलम ढुङ्गाना र पूर्वसचिव डा दिनेश भट्टराईसहित तीन जनाको नाम सिफारिस गरेको थियो।

राजनितिक घम्साघम्सी बिच कस्लाई गभर्नर नियुक्त गर्ने भन्ने बिषय अन्योलमा थियो तर आजै डा पौडेललाई नियुक्त गर्ने निर्णय गरिएको गुरुङले बताए ।

२०८१ चैत्र ११ गते गभर्नर सिफारिस समिती गठन भएको थियो भने पूर्ब-गभर्नर महाप्रसाद अधिकारी चैत्र २५ गतेबाट पदमुक्त हुँदै थिए। बैशाख ९ गते समिती सदस्य पूर्ब गभर्नर बिजयनाथ भट्टराईले राजीनामा दिएका थिए भने ९ दिन पछि समितीमा निबर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई नियुक्त गरिएको थियो।

त्यसको १० दिन पछि समिति एकाएक खलबलियो, बैशाख २८ मा डा विश्व पौडेलले गभर्नर सिफारिस समितीबाट राजिनामा दिए। निलम र गुणाकरको आन्तरिक रडाको छुट्टै छ।

डा. निलमले स्वीकृत नगरेको राजिनामा र डा. गुणाकरलाई गुण लगाउने बुढानिलकण्ठले साथ छोड्नु अनि विश्व डुलेका विश्व पौडेल गभर्नर नियुक्त होलान भन्ने कुरो सायद सिफारिस समितीलाई नै थाहा थिएन होला।

नियम अनुसार गभर्नर पद रिक्त हुनु एक महिना अगाबै सिफारिस समितिले सिफारिस मन्त्रीपरिषदमा पठाउनुपर्ने भएपनि राजनितिक किचलोका कारण नियुक्तीमा ढिलाई भएको थियो।

डा. विश्व पौडेलले राजिनामा दिएपछि पूरानो सिफारिस समिती खारेज गरि नया सिफारिस समिती गठन गरिएको थियो। बैशाख ३१ मा नब गठित समितीमा पोषराज पाण्डे नियुक्त भए।
अन्तत: गभर्नर पदको आश गरेका निलम र राष्ट्र बैंकका सम्भाबित गभर्नर गुणाकरलाई हेरेको हेर्यै बनाएर एकाएक कहानीमा विश्व पौडेलले नँया ट्विस्ट ल्याए, अन्तत: गभर्नर नियुक्त भए।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार