गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित भएकोमा  नेकपाद्वारा खुशी व्यक्त 

धनगढी । दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२ प्रतिनिधि सभाले पारित गरेपछि नेपाल कम्युनिस्ट पार्टीले खुशी व्यक्त गरेको छ ।

नेकपा सुदुरपश्चिम इन्चार्ज भरत सी ले सोमबार एक प्रेस बिज्ञप्ति जारी गर्दै यसले सुदूरपश्चिमको चिकित्सा शिक्षा क्षेत्रमा अभूतपूर्व योगदान गर्ने विश्वास लिएको बताएका छन ।

बिज्ञप्तिमा आफ्नो पार्टीले सुदूरपश्चिम प्रदेशको पहिलो बैठक (जो २०८१ बैशाखमा भएको थियो)ले यो मागलाई पुरा गर्न सरकारवालाहरुको ध्यानाकर्षण गराएको स्मरण गर्दै विधेयक पारित गर्न पहल गर्नेहरू सबैलाई धन्यवाद दिइएको छ ।

त्यस्तै लामो समयदेखिको अन्यौलता र तीस वर्षदेखिको सुदूरपश्चिमका जनताको सपना पुरा भएको भन्दै नेपाल कम्युनिस्ट पार्टी ६ शय शैयाको अस्पताल पूर्ण क्षमतामा सञ्चालन गर्न आवश्यक बजेट, जनशक्ति र उपकरण एवम् पूर्वाधार र यथाशक्य छिटो चिकित्सा शिक्षाको अध्यापन गर्न सरकारले आवश्यक व्यवस्थापन गर्नेछ भन्ने विश्वास गर्दछौं भनिएको छ ।

जारी बिज्ञप्तिमा कानुन अनुसार कार्यान्वयनको लागि आफूहरु निरन्तर खबरदारी गरिरहने समेत उल्लेख गरिएको छ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार