काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ।
विहिबार मध्यराति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो।
आयल निगमले पेट्रोल प्रतिलिटर १ रुपैयाँ र डिजेल तथा मट्टितेल प्रतिलिटर ३ रुपैयाँले घटाइएको हो।
जेठ २ गतेबाट पेट्रोल प्रतिलिटर १५७ रुपैयाँ र डिजेल तथा मट्टितेल १४२ रुपैयाँ कायम भएको निगमले जनाएको छ।