काठमाडौं । नेपाली कांग्रेसका नेता एबम प्रतिनिधिसभाका सदस्य मोहनबहादुर बस्नेत बिहिबार सांसद पदबाट निलम्बित भएका छन् ।
टेरामक्स खरिद प्रकरणमा अनियमितता भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री एबम सांसद मोहन बहादुर बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
अख्तियारले तीन अर्ब २१ करोड बिगो माग दाबी गरेको छ ।उक्त प्रकरणमा पूर्ब-मन्त्रीद्वय ज्ञानेन्द्र बहादुर कार्की र गोकुल बास्कोटा समेत मुसिएका थिए।
नेपाली कांग्रेस भित्र भष्ट्राचारमा पर्ने उनी मात्र होइन, खुम बहादुर खड्का, बिजय कुमार गच्छ्दारलगायतका पनि छन।
नेपाली राजनितीको गोलोमा विभिन्न प्रकरणमा नेतृत्वकर्ता पर्नु कुनै नौलो कुरो भने होइन।
ओम्नि प्रकरण, भुटानी शरणार्थी प्रकरण, बासँबारी प्रकरण लगायतका काण्डले बजार खान्छ अनि सत्तापक्षले पन्छाउने र प्रतिपक्ष खाल्टोमा झोसिने कुनै नौलो कुरो होइन।
यो जन्जालोले टोप बहादुर रायमाझीको जीवन कहानीमा पनि कतै मेल खान्छ, उनी न माओबादीको भए न ओलिले नै आडमा लिए। प्रकरणको कहानी चर्चामा आउनु र सेलाउनु कुनै नौलो कुरो होइन।
गत २०७९ निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नं २ बाट गठबन्धनको सरकारबाट टिकट हात पारेका उनले एमालेका शेर बहादुर तामाङलाई हराएका थिए। सिन्धुपाल्चोकका नेतृत्वकर्ता कुनै प्रकरणमा पर्नु कुनै नौलो कुरो होइन। बस्नेतका प्रतिस्पर्धी शेर बहादुर तामाङ पनि मन्त्री पदबाट निलम्बनमा परेका थिए।
तत्कालिन सुचना तथा सञ्चार मन्त्री बस्नेत सहित १६ जना बिरुद्द बिहिबार ३ अर्ब २१ करोड बिगो सहित अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ। गत सोमबार मात्र पूर्ब-मन्त्री बस्नेत सहित राज्यमन्त्री, सिडियो र एसपी सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिका भ्रमणमा निस्किएका थिए।
फिल्डमा स्वयम् उत्रेपछि समस्या बुझिने भन्दै राज्यमन्त्री गर्बुजा सहित उपस्थित भएका थिए। पदमा नहुदा देखि नै जनताको हितको लागि २४ घण्टानै खटिएको दाबी पूर्ब मन्त्रीले गरे। झट्ट हेर्दा कार्यक्रम मन्त्रीले स्वयम आफ्नो कार्यको प्रशंसा स्वयम् आफैले गरेको एक हप्ता नबित्दै सांसद पदबाट निलम्बनमा परे।