पत्रकार साउद सम्मानित 

धनगढी । नेपाल पत्रकार महासंघ भक्तपुर जिल्ला समिति सदस्य पुष्पा साउदलाई सम्मान गरिएको छ ।

जनपत्रकार संगठन नेपाल सुदुरपश्चिम प्रदेश समितिले धनगढीमा आयोजना गरेको ३ दिने पत्रकारिता तालिममा साउदलाई सोमबार सम्मान गरिएको हो ।

सुदूरपश्चिमको कैलाली स्थायी बसोबास भइ कर्मथलो भक्तपुर बाट गत निर्वाचनमा निर्वाचित भएको भन्दै उनलाई सम्मान गरिएको जनपत्रकार संगठन नेपालका प्रदेश संयोजक धिरज प्रपालाले बताए ।

जनपत्रकार संगठन नेपाल केन्द्रीय सदस्य एवम् युग प्रेस डटकम सम्पादक समेत रहेकी पत्रकार साउदलाई गरिएको सम्मान कार्यक्रममा नेकपा स्थायी समिति सदस्य एवम् सुदूरपश्चिम इन्चार्ज भरत सी, संगठनका अध्यक्ष शेरबहादुर विश्वकर्मा, सूचना प्रविधि प्रशिक्षक ममिता रुचाल, सचिब वसन्त विश्वकर्मा लगायत तालिममा सहभागी प्रशिक्षार्थीहरु सहभागी रहेका थिए।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार