धनगढी । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा सुदुर पश्चिम प्रदेश इन्चार्ज प्रमुख अतिथि भरत सी (रणवीर)ले अबको मानव एकीकृत मानव हुन जरुरी भयको बताउनु भयको छ ।
जनपत्रकार संगठन नेपाल सुदुर पश्चिम प्रदेशले धनगढीमा आयोजना गरेको ३ दिने पत्रकारिता तथा सूचना प्रविधि तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै नेता भरत सीले ‘अबको मानव एकीकृत मानव हुन पर्ने’ बताउनु भएको हो ।
उहाले भन्नु भयो ‘अहिलेको मान्छेले सबै कुरा जान्न जरुरी छ अहिलेको बढ्दो प्रविधि सम्वन्धि जानकारी लिन आवस्यक छ नयाँ खोज अनुसन्धान गर्नु जरुरी छ ।’
समापन कार्क्रममा जनपत्रकार संगठन नेपालका केन्द्रिय अध्यक्ष शेर बहादुर विश्वकर्माले ‘जनपत्रकारहरुको उत्पादन र विस्तार गर्न तालिम आयोजना गरिएको’ बताउनु भयो ।

कार्यक्रमको सञ्चालन तथा अध्यक्षता सुदूर पश्चिम प्रदेश संयोजक धीरज प्रपालाले गर्नु भएको थियो ।
कार्यक्रमका अतिथि जनपत्रकार संगठनका केन्द्रिय सचिव तथा प्रशिक्षक वसन्त विक , अतिथि सूचना तथा प्रविधि प्रशिक्षक ममता रूचालले गर्नु भएको थियो ।
सहभागीहरुले तालीममा तालिम लिन पाउँदा खुसी ब्यक्त गर्दै तालिम बाट धेरै ज्ञान लिन पाएको बताएका छन ।
प्रशिक्षार्थी छत्र बुढाले ‘तालिम लिँदा एकदमै खुसी लाग्यो र नौलो अनुभूति भयको भन्दै निरन्तर जनताको पक्षमा कलम चलाउने ’ प्रतिबद्धता जनाउनु भयो ।
यस्तै सहभागी प्रशिक्षार्थी रोजिना सुनारले ‘ तालिमलाई अवसरको रुपमा लिएको भन्दै खुसी ब्यक्त गर्नु भयो ।
प्रशिक्षार्थीहरुलाई प्रमाण पत्रको व्यवस्था समेत गरेको थियो ।





