धनगढीमा दुईदिनदेखि ‘पत्रकारिता र सूचना प्रविधि सम्वन्धि तालिम’ जारी

 धनगढी । दुई दिनदेखि कैलालीको धनगढीमा ‘पत्रकारिता र सूचना प्रविधि सम्वन्धि तालिम’ जारी रहेको छ ।
जनपत्रकार संगठन नेपाल सुदूरपश्चिम प्रदेशको आयोजनामा शनिबारबाट सुरु भएको ‘पत्रकारिता र सूचना प्रविधि सम्वन्धि तालिम’ आईतवार पनि जारी रहयो ।
तालिममा सहभागीहरुले सक्रियतापूर्वक विषयगत ज्ञान लिईरहेका छन । तालिमको दुई दिनसम्म जनपत्रकार संगठन नेपालका केन्द्रीय अध्यक्ष तथा प्रशिक्षक शेरबहादुर विश्वकर्मा र प्रशिक्षक संगठनका सचिव वसन्त विकले समाचार, समाचार लेखनको शैली र समाचारका विषयवस्तु लगायतकावारे विषयगत ज्ञान दिनु भएको छ ।

यस्तै अर्का प्रशिक्षक ममता सीले तालिमका सहभागीहरुलाई सूचना प्रविधि र पत्रकारिताकावारे विषयगत ज्ञान दिनु भएको छ ।
तालिममा सहभागीहरुले तालिम नयाँ अवसर भएको भन्दै आफूहरुले अधिकतम ज्ञान लिईरहेको बताएका छन । सोमबारसम्म चल्ने तालिममा सुदूरपश्चिमका ९ बटै जिल्लाका दुई दर्जन बढी प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार