केपी, प्रचण्ड र देउवाले एक पटक संरक्षक भएर विप्लवलाई नेतृत्व दिउँः भरत सी

धनगढी । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य भरत सीले नेपाललाई समाजवादमा लिन केपी, प्रचण्ड र देउवाले एकपटक संरक्षक भएर विप्लवलाई नेतृत्व दिनुपर्ने बताउनु भएको छ ।
जनपत्रकार संगठन नेपाल सुदूरपश्चिम प्रदेशले शनिवारबाट धनगढीमा आयोजना गरेको तीन दिने ‘पत्रकारिता तथा सूचना प्रविधि तालिम’को उद्घाटन गर्दै नेता भरत सीले नेपाललाई समाजवादमा लिन केपी, प्रचण्ड र देउवाले एकपटक संरक्षक भएर विप्लवलाई नेतृत्व दिनुपर्ने बताउनु भएको होे ।
‘देशले हामीलाई हेरिरहेको छ, देशले हामीलाई कुरिरहेको छ’ नेकपा सुदूरपश्चिम प्रदेश ईन्चार्ज समेत रहनुभएका नेता भरत सीले भन्नु भयो,‘अहिलेको संकट समाधानका लागि समाजवाद चाहिन्छ । त्यसका लागि नयाँ नेतृत्व र विचार चाहिन्छ, त्यो विप्लवमा छ । पुराना नेताहरुबाट समस्याको समाधान हुदैन, विप्लवले देशको नेतृत्व लिनु पर्छ । अबको देशको नेतृत्व केपी, देउवा र प्रचण्डबाट हुदैन,उहाँहरु संरक्षक भएर बसिदिनु पर्छ ।’
उहाँले विश्वमा दलालपुँजीवादको समस्या प्रमुख रहेको भन्दै विश्वमा समाजवादी व्यवस्था आवश्यक भएको जिकिर गर्नु भयो ।
नेता भरत सीले नेपालका नेताहरुले भन्ने एक, गर्ने अर्काे अनि लेख्ने समाजवाद गर्ने पुँजीवादका कारण नेपालमा समस्या बढ्दै गएको बताउनु भयो । नेता भरत सीले विश्वमा पुँजीवादको नेतृत्व अमेरिकाले गरेको भएपनि समाजवादको नेतृत्व चीनले गरेको टिप्पणी गर्नु भयो ।
कार्यक्रममा नेकपाका पोलिट व्यूरो सदस्य विकल्प सीले आम जनताको हितमा स्वाभिमानी राजनीति र समृद्धिको पक्षमा पत्रकारिता हुनुपर्ने बताउनु भयो ।
उहाँले त्यसका लागि जनपत्रकार संगठन नेपालले आयोजना गरेको पत्रकारिता तालिम फलदायि हुने विश्वास व्यक्त गर्नु भयो ।
तालिमको उद्घाटन कार्यक्रममा जनपत्रकार संगठन नेपालका केन्द्रीय अध्यक्ष शेरवहादुर विश्वकर्माले समाज र सत्ता बिचको पुलको काम मिडियाले गरेको बताउनु भयो ।
उहाँले समाजवादी क्रान्तिमा मिडिया प्रविधि निकै महत्वपूर्ण भएको भन्दै अवको क्रान्तिमा पत्रकारिता तालिमले केही योगदान गर्ने विश्वास व्यक्त गर्नु भयो ।
उद्घाटन कार्यक्रममा नेकपाका केन्द्रीय सदस्यहरु समर सी, प्रकाश सी, विमल सी, कमल सी, विनोद सी,आहवान सी, निरक सी, सिताराम सी,जनपत्रकार संगठनका केन्द्रीय सचिव तथा प्रशिक्षक वसन्त विक, प्रशिक्षक ममता सी, प्रविण सी, पासाङ सी लगायतका अतिथिहरुको सहभागिता रहेको थियो ।
तीन दिनसम्म चल्ने तालिममा नेकपा सुदूरपश्चिमका विभिन्न ९ जिल्लाका करिव दुई दर्जन प्रशिक्षार्थीहरुको सहभागिता रहको छ । तालिम वैशाख २९ गतेसम्म चल्ने छ ।
उद्घाटन तालिमको स्वागत मन्तव्य जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य पुष्पा साँउदले दिनु भएको थियो भने अध्यक्षता तथा संचालन जनपत्रकार संगठन नेपालका सुदूरपश्चिम संयोजक धीरज प्रपोलाले गर्नु भएको थियो ।

 

 

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार