काठमाडौं । वैशाख २४ गते बागमती प्रदेश सरकारले सार्वजनिक विदा दिएको छ ।
बिदा बारे सूचना जारी गर्दै प्रदेश सरकारको सरकारी कामकाजको भाषा सम्बन्धी दिवसको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरिएको सुचनामा उल्लेख गरिएको छ।
सुचनामा के लेखिएको छ?
`बागमती प्रदेश राजपत्रको खण्ड ८। संख्या ३२ प्रदेश राजपत्र भाग ३ मिति २०८१ चैत्र २१ गते प्रकाशित सूचना बमोजिम यही मिति २०८२।०१।२४ गते बुधवार प्रदेश सरकारको सरकारी कामकाजको भाषा सम्बन्धी दिवसको अवसरमा बागमती प्रदेशभर सार्वजनिक विदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।´