बी डी त्यागी स्मृति सम्मान अर्पण

काठमाडौं । साहित्यकार बी डी त्यागीको बाइसौं स्मृति दिवसको अवसर गत बैशाख १८ गते पाँच जना प्रतिभालाई बी डी त्यागी स्मृति सम्मान २०८२ अर्पण गरिएको छ ।

बी डी त्यागी स्मृति केन्द्रले साहित्य सदन रामहिटीमा आयोजना गरेको विशेष कार्यक्रम आयोजन गरेको थियो। उक्त कार्यक्रममा वरिष्ठ साहित्यकार प्रा. जगतप्रसाद उपाध्याय `प्रेक्षीत´लाई बी डी त्यागी स्मृति सम्मान ,वरिष्ठ साहित्यकार किरण आचार्यलाई १०१ रुपैयाँको सिक्काको थैली रहेको बी डी त्यागी स्मृति पुरस्कार ,वरिष्ठ साहित्यकार तथा पत्रकार निर्मल कुमार आचार्यलाई बी डी त्यागी योगदान सम्मान ,साहित्यकार रुपा रिसाललाई बी डी त्यागी स्मृति प्रतिभा सम्मान र शिक्षासेवी एवं साहित्यसेवी तथा चिकित्सक डाक्टर राजेशराज भट्टराईलाई नेपथ्य सम्मान अर्पण गरिएको थियो ।

सम्मानित प्रतिभाहरुलाई वरिष्ठ साहित्यकारद्वय गङ्गा पौडेलले टीका ,वेदमणी घिमिरेले खादा,कार्यक्रमका सभापति शङ्कर भारतीले सास र प्रमुख अतिथी प्रा.डा हेमनाथ पौडेलले प्रमाणपत्र अर्पण गरेर सम्मानित गर्नुभएको थियो ।

केन्द्रका अध्यक्ष कृष्ण आचार्यले स्वागत मन्तव्य राख्नुभएको सो सभालाई सभापति शङ्कर भारती,प्रमुख अतिथि प्रा.डा हेमनाथ पौडेल ,सम्मानित प्रतिभाहरु प्रा जगतप्रसाद उपाध्याय ,किरण आचार्य, निर्मलकुमार आचार्य, रुपा रिसाल,डा राजेशराज भट्टराई लगायतले सम्बोधन गर्दै साहित्यकार बी डी त्यागीको व्यक्तित्व र कृतित्व बारे प्रकाश पार्नुभएको थियो ।

सो अवसरमा कविहरु त्रिलोचन आचार्य र दुर्गा अधिकारी भमरकोटेले कविता र सुसेली आर्फत सम्मानित प्रतिभाको परिचय दिनुभएको थियो । कल्पना खतिवडाद्वारा संचालित कार्यक्रममा केन्द्रका पदाधिकारीहरु र चर्चित साहित्यकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार