
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले अहिलेको गणतन्त्र दलाल पुँजीपतिहरूको हातमा पुगेको बताएका छन्। बिहिबार १३६ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टी गण्डकी प्रदेशद्वारा पोखरामा आयोजित विशाल जनसभालाई सम्बोधन गर्दै महासचिव विप्लवले अहिलेको गणतन्त्र दलाल पुँजीपतिहरुको हातमा पुगेको बताएका हुन।
विप्लवले लोकतन्त्रभन्दा समुन्नत व्यवस्था समाजवाद भएकोले सम्पूर्ण मजदुरहरूको अधिकार समाजवादमा मात्र सुनिश्चित हुने बताए ।
महासचिव विप्लवले सम्बोधनको क्रममा राजतन्त्रको कठोरता र जनतामाथिको दबाब सम्झाउँदै भने, “राजतन्त्र र पञ्चायतमा बोल्न पनि पाइँदैनथ्यो, आज हामी स्वतन्त्र नागरिक भएका छौँ, जुन ठूलो उपलब्धि हो ।” उनले स्पष्ट रूपमा भने, “२१औँ शताब्दीमा राजतन्त्र फर्किन्न, फर्किनु हुँदैन । नेपाली जनताले ठूलो संघर्ष गरेर गणतन्त्र ल्याएका हुन् ।”
लोकतन्त्रबारे धारणा राख्दै विप्लवले भने, “कतिपय नेताहरूले वर्तमान व्यवस्था नै लोकतन्त्र हो भन्छन्, तर साँचो समुन्नत व्यवस्था भनेको समाजवाद हो ।” उनले सम्पूर्ण वामपन्थी, कांग्रेस र अन्य राष्ट्रवादी शक्तिहरूलाई समाजवादबारे बहस गर्न खुला निमन्त्रणा समेत दिए ।
अहिलेको गणतन्त्र न त जनताले चाहेको हो, न त माओवादीले कल्पना गरेको हो । “यो गणतन्त्र सम्झौतामा टुंगियो र दलाल पुँजीपतिहरूको हातमा पुगेको छ,” विप्लवले भने ।
उनले माओवादी आन्दोलनका मूल उद्देश्यलाई पुनर्संयोजन गर्न प्रचण्ड, बाबुराम, वैद्यदेखि बादलसम्मलाई एकताबद्ध हुन आह्वान गरे ।
देशमा व्याप्त भ्रष्टाचार, प्रशासनिक अराजकता र जनआन्दोलनहरूको उल्लेख गर्दै उनले भने, “रेशम चौधरीलाई एक कर्मचारीले समात्न पठाउँछ, अर्कोले छोड्छ । शिक्षक, चिकित्सक आन्दोलनहरू पनि गम्भीर छन् ।” उनले नागरिकतादेखि मालपोतसम्म घुसकै खेल चलिरहेको भन्दै गम्भीर चिन्ता व्यक्त गरे ।
नेकपा महासचिवले जनतालाई सत्तामा आएपछिको नेकपाबारे भ्रम नराख्न आग्रह गर्दै भने, “हामी एक पटक यो देशको नेतृत्व गर्न चाहन्छौँ र देखाउन चाहन्छौँ कि नेकपा के हो ।” उनले युवाहरू, बुद्धिजीवि, महिला, विद्यार्थी, चिकित्सक, शिक्षक र विदेशमा रहेका नेपालीहरू पनि आजको व्यवस्थाबाट सन्तुष्ट नभएको बताउँदै ‘नेपाली विशेषताको समाजवाद’ अगाडि सारिएको स्पष्ट गरे ।
एमालेप्रति संकेत गर्दै विप्लवले भने, “कहिलेकाहीँ पार्टी सदस्यको लिस्ट देखाएर दम्भ नगरौँ, अब त्योबाट देश चल्दैन । देशको मार्ग परिवर्तन भइसकेको छ। देश मरेको छैन, देशका मानिस मरेका छैनन् । नेकपा अझै मैदानमा छ।”
महासचिव विप्लवले पार्टीको हालको राजनीतिक, सांगठनिक तथा उत्पादन सम्बन्धी गतिविधिको समीक्षा गर्दै नेकपा गण्डकी प्रदेशलाई धन्यवादसमेत व्यक्त गरेका थिए ।
समाचार
२४औं कृष्ण सेन ‘इच्छुक’ स्मृति दिवस झापामा सम्पन्न
भिजिट भिसा प्रकरण: गृह भन्छ, ‘अख्तियार आयोगको अनुसन्धान कार्यमा पूर्ण सहयोग रहने’
गृहमन्त्री लेखकले राजीनामा दिनुपर्छ: शेखर कोइराला
विप्लवको प्रश्न: सैद्धान्तिक अर्थशास्त्रमा मात्रै जोड गर्ने की जनतालाई पैसा बनाउन सिकाउने ?
घट्यो पेट्रोलियम पदार्थको मूल्य
मोहनको टेरामक्स मोह, सांसद पद निलम्बित
अबको मानव एकीकृत मानव हुनु पर्छ : भरत सी
कार्यक्रममा स्वयंकै सह्रनी गर्दै पूर्ब-मन्त्री
धनगढीमा दुईदिनदेखि ‘पत्रकारिता र सूचना प्रविधि सम्वन्धि तालिम’ जारी
नारायणटारमा फुट्यो मेलम्ची खानेपानीको पाईप