पोखरा । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल कम्युनिस्ट पार्टी गण्डकी प्रदेशले पोखरामा वृहत् जनसभा आयोजना गर्ने भएको छ ।
नेकपाका महासचिव एवम् समाजवादी मोर्चाका संयोजक विप्लव सीले सम्बोधन गर्ने नेपाल कम्युनिष्ट पार्टीले ‘१३६ औं मई दिवस पोखराको चिप्लेढुंगामा बृहद जनसभा गर्न लागेको हो ।
जनसभाअघि पोखराको पृथ्वीचोकबाट र्याली निकालिने नेकपाले जनाएको छ । सो ¥याली सभागृहचोक, न्यूरोडहुँदै चिप्लेढुंगास्थित मानवअधिकार चोकमा पुगेर जनसभामा परिणत हुनेछ ।
कार्यक्रममा गण्डकी प्रदेशका ११ वटै जिल्लाहरुबाट पार्टीका नेता कार्यकर्ता तथा शुभेच्छुकहरुलाई सहभागी गराइने पोखरा प्रदेश कार्यालयले बताएको छ ।
कार्यक्रममा महासचिव विप्लव सीसँगै स्थायी समिति सदस्य शिलु सी, पोलिट्ब्यूरो सदस्य आजाद सी, आस्था सी लगायतलेपनि सम्बोधन गर्ने कार्यतालिका रहेको छ ।
