काठमाडौं । प्रतिनिधि सभाको बैठक मंगलवार पनि बस्ने भएको छ ।
बैठक संघीय संसद भवन, नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने तय भएको छ।
शिक्षामन्त्री रघुजी पन्तले ‘तिलगंंगा नेत्र विश्वविद्यालय, विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन। त्यस्तै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘अर्थ समितिको प्रतिवेदनसहितको भन्सार विधेयक, २०८० माथि छलफल गरियोस्’ भन्ने बिषय प्रस्तुत गर्ने कार्यसुचीमा रहेको छ।