पत्रकार कार्की माथि प्रहरीले गरेको प्रहार निन्दनीय र खेदजनक : पत्रकार महासंघ

काठमाडौं । आन्दोलनरत शिक्षक र प्रहरी विच नयाँ बानेश्वरमा भएको झडपका क्रममा घाइते पत्रकार प्राइम टाइम टेलिभिजनकी सविना कार्की समाचार संकलनका क्रममा प्रहरीको पानीको फोहोरा सिधै आखामा पर्दा घाइते पत्रकार कार्की माथि प्रहरीले गरेको प्रहार निन्दनीय र खेदजनक भएको भन्दै पत्रकार महासंघले विज्ञाप्ती जारी गरेको छ ।

विज्ञाप्तीमा उल्लेख गरे अनुसार प्रहरीको यो हर्कत प्रेस स्वतन्त्रता र नागरिकको सुसूचित हुने संवैधानिक अधिकारमा आघात पुगेको महासंघको ठहर छ । साथै घाइते पत्रकारको स्वास्थ्य लाभको कामना गर्दे घटनाको छानबिन गरि दोषीमाथि कानुनी कार्वाइ गर्न र पत्रकारको उपचारको सबै व्याबस्था मिलाउन सम्बन्धित निकाय संग माग महासंघले माग गरेको हो ।

पत्रकार सविना कार्कीको सिभिल अस्पताल, हुदै ट्रमा सेन्टर हुदै अहिले तिलगंगामा आँखा अस्पतालमा उपचार भैरहेको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार