कालिकोटमा टेक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु

कालिकोट । पलातामा गए राति ११ बजे टेक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

 

कालिकोटको पलाता गाउँपालिका वार्ड नं. ९ बालुवा बाट जाँदै गरेको टेक्टर वार्ड नं. २ काल जोशी डाँडामा दुर्घटना भएको हो ।

स्थानीयका अनुसार मृत्यु हुनेमा चालक मुगु जिल्ला खत्याड गाँउपलिका वार्ड नं. ५ का वर्ष अन्दाजी २४ का चन्द्र प्रकाश रोकाया, पलता गाउँपालिका वार्ड नं. ४ का रवीन्द्र बि.,क., सदु बुढा, वार्ड नं. ५ अम्मा शाही को मृत्यु भएको छ। अहिले प्रहरी घटना स्थल तिर गएको छ।

२०८१ कार्तिक २५ गते पनि सोही ठाउँको करिब १ किलोमीटर को दूरीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु र दर्जनौं घाइते भएका थिए।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार