शिक्षक आन्दोलनलाई नजिकबाट नियाल्दा….

काठमाडौं । चैत्र २० गते देखि सुरु भएको शिक्षकहरुको आन्दोलन आजका दिन सम्म पनि जारी छ । तर सरकार भने मौन छ । नत कुनै जवाफदेही छ, न त कुनै सुरताल नै छ, शिक्षकहरुको माग सम्बोधन गर्नेमा सरकारले खास्सै चासो दिएको देखिदैन ।

शिक्षकहरुको आन्दोलनलाई नजिक बाट निहाल्दा अलि फरक अनुभुति गर्न पाइयो । शिक्षकहरुले आन्दोलन सुरु भए देखि नै विभिन्न खालका सास्कृतिक र सांगितिक शैलिबाट आन्दोलन गरिरहेका छन । आज वानेश्वरमा जादा भने फरक खालको अनुभुति भयो । शिक्षकहरुले विभिन्न समुह र बनाएर नाचगान र रमाइलो गरिरहेका थिए । तर त्यहा रमाइलो भन्दा पनि शिक्षकहरुले गितको माध्यमबाट पिडा पोखिरहेका थिए ।

शिक्षकहरु गित यसरी गाउछन :

यो नेपालि सीर उचालि यो नेपाली झुक्दैन ।
जुन किरीझै ज्योति वाली अन्धकारमा चम्कीन्छ ।

सेतो सेतो कमेरो माटो हे माया ।
ऐन नलेइ छोड्दैनौ यो बाटो ।

१२ दीन भो ए सरकार वानेश्वर धाए को ।
आखै छैन ए सरकार के भा को ।

सरकार तिम्रो जनमत सिधिन्छ ।

ऐन नलेई छोड्दैनौ यो बाटो ।

शिक्षहरु के भन्छन ?

सरकारले बुझेर पनि यो कुरा बुझ्न चाएको छैन । हामि बरु ज्यान दीन तयार छौ तर यो ऐन ल्यायरै छोड्छौ । आज हाम्रो आन्दोलनको १२ दिन बितिसक्यो हामिलाई यस्तो सडकमा यसरी बस्न कुनै रहर छैन । हाम्रो खल्ति पनी रित्ती सकेको छ । हाम्रो स्वास्थ्यमा समस्या पनि आई सकेको छ दर्जनौ साथिहरुको स्वास्थ्यमा समेत समस्या आएको छ सरकारले छिटो भन्दा छिटो हाम्रो माग पुरा गरोस र हामिले सरकारलाई धन्यावाद दिएर विदाई हुने वातावरण सरकारले अपनायोस यसैमा सरकारको भलो हुने छ । अन्यथा हाम्रो शान्तिपुर्ण आन्दोलनलाई नजर अन्दाज नगरियोस ।”

भनेर शिक्षकहरु सडकमा बोलि रहन्छन । तर सरकार भने कानमा तेल हालेर बसेको छ भन्दा फरक नपर्ला शिक्षकको पिडालाई हेर्ने हो भने गितमा पनि झल्कीन्छ । १२ औं दिन सम्म पनि सरकारले शिक्षकको माग सम्बोधन नगर्दा शिक्षकहरु सरकार प्रति निकै आक्रोशित भएका छन । आन्दोलनको टुङगो कहिले लाग्ने हो पत्तो छैन । शिक्षकहरु सरकार प्रति रुष्ट छन आन्दोलनको माग सरकारले सम्बोधन नगरे यस बाट पैदा हुने स्तिथिको सामना गर्न शिक्षकहरु सरकारलाई चुनौती पनि दिईरहेका छन । आन्दोलनको टुङगो लाग्ने कुरा अन्योल छ ।

 

 

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार