झापा । नेकपा एमालेको झापा जिल्ला कमिटीले शनिबार दमकमा गरेको जागरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ढुंगा हानेका भरमा राजनीति गर्छु र राजा ल्याउछु भन्ने कुरा भ्रम फैलाएको बताएका छन ।
ओलिले थप्दै भने ‘विकासका नाममा तमासा (स्टन्ट) गर्नेहरूले ड्राइभिङ सिक्दै नसिकी गाडी चलाउन खोजेझैँ ढुंगा हानेका भरमा राजनीति चलाउन खोज्छु भनेर उधुम मच्याए पनि उनीहरूलाई जनताले नपत्याएको दावि गरेका हुन ।’
‘देश अब कानुन र विधि अनुसार अगाडि बढ्छ । आन्दोलनका नाममा बैँक डुबाउनेहरू, आगजनी गर्नेहरू रक्सीका बोतल लुटेर भाग्नेहरूले जनताले फ्याँकिसकेको राजतन्त्र ब्युँताउन क्रान्ति गर्छु भन्दा कसैले उल्किनु वा भ्रम पाल्नु पर्दैन । ठूला कुरा गर्ने र हल्ला गर्नेहरूले देश बनाउँछु भनेर धाक लगाएर केही हुँदैन । त्यस्ताहरूको अशली अनुहार १५ चैतको तीनकुनेको अराजक घटनाबाट देखिइसकेको छ।’ प्रधानमन्त्रीले भने ।