काठमाडौं । चारदलको साझा मोर्चा समाजवादी मोर्चा नेपालले विद्यालय शिक्षा ऐन यथाशीघ्र जारी गरी शिक्षक आन्दोलनका माग सम्बोधन गर्न अपिल गरेको छ ।
शुक्रबार मोर्चाका संयोजक विप्लव सी द्वारा हस्ताक्षरित एक प्रेस बिज्ञप्ति मार्फत शिक्षकहरुले उठाएको मागमा सहमति जनाउदै सर्वदलीय सहमतीमा संसदको विशेष अधिवेशन तत्काल आव्हान गर्न सरकारसँग माग गरेको हो ।
जारी बिज्ञप्तिमा” शिक्षकहरूले उठाएका न्यायोचित मागहरू पूरा गर्न, शिक्षा प्रणालीमा सुधार गर्न, संविधानद्वारा प्रदत्त शिक्षाको हकलाई प्रत्याभूत गर्न, र शिक्षामा समान पहुँच तथा गुणस्तरको सुनिश्चितता गर्न हामी सरकारसँग जोडदार माग गर्दछौं” भनिएको छ।
त्यस्तै -“शिक्षक महासङ्घको आह्वानमा भइरहेको शिक्षक आन्दोलनप्रति समाजवादी मोर्चाको ध्यान गम्भीर रूपमा आकर्षित भएको र समाजवादी मोर्चा शिक्षकहरूको न्यायोचित माग र आन्दोलनप्रति ऐक्यवद्धता प्रकट गर्दछ” भनिएको छ।
शिक्षाको गुणस्तर विकास गर्न तथा शिक्षकहरूको हकअधिकारको पक्षमा उठाइएको आवाजलाई मोर्चाले सकारात्मक रूपमा लिएको” बिज्ञप्तिमा उल्लेख छ।
मोर्चामा नेकपा (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), नेपाल कम्युनिस्ट पार्टी र र महेन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी सम्मीलित छन ।
