५ करोड घुस काण्ड सिसिटिभी क्यामरा रेकर्ड काठमाडौँ महानगरबाट गायव

काठमाडौं । ५ करोड घुस काण्ड सार्वजनिक गर्ने सिसिटिभी क्यामरा काठमाडौँ महानगरबाट गायव भएको छ । काठमाडौँ महानगरपालिकाका वडाध्यक्षहरुसँगको छलफलको भिडियोमा काठमाडौं टावर निर्माणका ठेकेदारले ५–५ करोड घुस अफर गरेको भिडियो खिच्ने सिसि क्यमेरा गायव भएको हो ।

महानगरका कर्मचारीले मेयर बालेन शाहको सचिवालयले सीसीटीभी क्लिप काटेर भ्रम छर्न खोजेको आरोप लगाउँदै सीसीटीभीलाई हटाएका हुन । पछिल्लो समय काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र वडाअध्यक्षहरु, कर्मचारीबीचको सम्बन्ध बिग्रीदै गएको छ ।

चैत २१ गते अधिकांश वडाअध्यक्षहरु, कर्मचारीले तीन महिनादेखि तलब नपाएको भन्दै महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कार्यालय प्रवेश गराए । त्यतिबेला महानगर प्रहरी बलका प्रमुख राजु पाण्डेको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालय भित्र प्रवेशमा रोक्न खोजेको भन्दै कर्मचारी र वडा अध्यक्षहरु आक्रोशित बने ।

उक्त प्रकरणपछि सामाजिक सञ्जालहरुमा एउटा भिडियो भाइरल बन्यो । वडाअध्यक्षहरुको छलफलको भिडियोमा काठमाडौं टावर निर्माणका लागि ५/५ करोड घुस अफर गरिएको संवाद सुन्न सकिन्थ्यो । बालेन कर्मचारीहरुप्रति असहिष्णु भएको आरोप लागिरहँदा उक्त सीसीटीभी क्लिप काटेर उनको सचिवालयले भ्रम छर्न खोजेको आरोप वडाअध्यक्षहरुले लगाएका छन ।

यो घटनापछि महानगरको कार्यालयमा राखिएका सीसीटीभीलाई हटाउन थालिएको छ भने सीसीटीभीको नियमन र नियन्त्रणका लागि पनि कार्यविधि बनाउने तयारी थालिएको छ ।

सीसीटीभी माथिको नियन्त्रण अहिले बालेन र उनको टीममा रहेको जनाइएको छ । अडियोसहित रेकर्ड हुने उक्त सीसीटीभी फुटेजमा छेडखानी गरि अर्थ लाग्ने क्लिपमात्र बाहिर ल्याइएको भन्दै वडाअध्यक्ष र कर्मचारीहरुले आपत्ति जनाएपछि अहिले केही स्थानको सीसीटीभी निकालिएको छ ।

भिडियो लिंक

(14) Video | Facebook

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार