नेपाल शिक्षक महासंघ र सरकार बीच वार्ता सुरु

काठमाडौं । आन्दोलनरत शिक्षक आन्दोलनको नेतृत्व गरेको नेपाल शिक्षक महासंघ र सरकार बीच वार्ता सुरु भएको छ । शिक्षा मन्त्रालयमा जारी वार्तामा शिक्षक महासंघबाट सहअध्यक्ष नानुमाया पराजुली नेतृत्वको टोली सहभागी छ भने सरकारको तर्फबाट शिक्षामन्त्री विद्या भट्टराई सहितको टोली सहभागी छन ।

शिक्षक महासंघले चैत २० देखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै आइरहेको छ । यस अघि सामान्य रुपमा नै शिक्षकहरुले आन्दोलन गरिरहेका थिए । गित गाएरसांस्कृतिक रुपमा नारा लगाएर आन्दोलन गर्दे आएका थिए । आन्दोलनको स्वरुप अझै चर्किने अवस्था आई सके पछि सरकार वार्ता गर्न बाध्य भएको हो ।

सरकारले वार्ताका लागि आव्हान गरे पनि सरकारले खास्सै ध्यान नदिए पछि यसअघिका वार्ताको लागि आव्हान गरे पनि शिक्षकहरु सहभागी भएका थिएन्न । यसअघि मुख्य लेनमा मात्रै प्रदर्शन गर्दै आइरहेका शिक्षकहरूले तीन वटै लेन कब्जा गरेर प्रदर्शन गर्न खोज्दा प्रहरीसँग धकेलाधकेलको अवस्था समेत सिर्जना भएको थियो । अहिले वार्ता भैरहेको छ यसको के निस्कर्ष आउछ हेर्न बाकी नै छ ।

 

 

 

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार