संगितको ताल संगै शिक्षक आन्दोलन तिव्र बन्दै

गितै बाट सरकारलाई आक्रोस र आफ्ना मागहरु राखेर झक्झकाई रहेका छन

काठमाडौं । काठमाडौंको वायु प्रदुषण बढेको बढै छ अस्वस्त वायु छ यसैका बिच शिक्षक आन्दोलन अलि रोमान्चक बनेको छ । कोही मादल बजाइरहेका छन कोही हार्मोनियम, बाँसुरी, डम्फु, खैंजडी र मुजुराले संगीत भर्दै गाइरहेका छन ।

सरकारविरुद्धको आन्दोलन पूरै संगितको ताल संगै शिक्षक आन्दोलन तिव्र बन्दै गएको छ । शिक्षक–कर्मचारीहरुले सरकारलाई झकझक्याउन रचनात्मक शैली अपनाएका हुन ।

काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरु शिक्षक–कर्मचारी मैत्री शिक्षा ऐन जारी गर्न माग गर्दै चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएका छन ।  बानेश्वर–बबरमहल सडकखण्डमा हरेक दिन बिहान १० बज्दा नबज्दै शिक्षक–कर्मचारीहरु माइतीघर, बबरमहल–बिजुलीबजार पुल क्षेत्रमा भेला हुन थाल्छन । केहीबेर सरकारविरुद्ध नारा लगाउँछन । अनि सडकमै बसेर यसैगरी नाचगानमा व्यस्त हुन्छन ।

पुर्वको झापा देखि पश्चिमको कन्चनपुर सम्मका देशै भरिका शिक्षकहरु यो आन्दोलनमा सहभागी छन । गित गाउदै रमाउदै जादु समेत देखाउन थालेका छन । गितै बाट सरकारलाई आक्रोस र आफ्ना मागहरु राखेर झक्झकाई रहेका छन । सभ्य तरिकाले आन्दोलनलाई तिब्रता दिईरहेका छन ।  तीन–चार बजेपछि भने उनीहरु लाखापाखा लाग्छन । बानेश्वर चोकतर्फको निषेधित क्षेत्रतिर आउनबाट शिक्षकहरुलाई रोक्न तैनाथ प्रहरीहरु पनि सडकमा ब्यारिकेड हटाउन थाल्छन ।

स्वयंसेवकहरु भने पानीका बोतल, कागज र प्लास्टिकहरु टिपेर सडक सफा गर्छन । शिक्षकहरु दिनहुँ यसैगरी आन्दोलनमा उत्रिँदै आएका छन । सरकारले उनीहरुका माग कहिले पूरा गर्छ र उनीहरु विद्यालय फर्किन्छन् ठेगान छैन । उनीहरु आफूहरुको यो निर्णायक आन्दोलन भएकाले माग पूरा नभएसम्म विद्यालय नफर्किने अडानमा छन । तर उनीहरुका गीतमा भने छिटो विद्यालय जान पाए हुन्थ्यो भन्ने संकेत देखिन्छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार