अछाममा आगलागि हुदा १० पसल जलेर ध्वस्त

अछाम । अछाम बान्निगढी जयगढ गाउँपालिकामा रहेको जयगढमा बजारमा भीषण आगलागी हुदा १० पसल जलेर ध्वस्त भएका छन ।

साँझ करिब ७ः२० बजेपछि लागेको आगो अझै नियन्त्रणमा आउन नसकेको प्रहरीको भनाई छ ।

भीषण आगलागीबाट अहिलेसम्म १० वटा पसल जलेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वरी प्रसाद भण्डारीले जानकारी दिए । अहिले आगो नियन्त्रणका लागि दमकल पुगेको छ । तर, दमकलबाट आगो निभाउन अझै समस्या भइरहेको प्रहरीले जनाएको छ ।

 

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार