शिक्षेकहरुले दिउँसै टर्च बालेर सरकार खोजिरहेका छन

काठमाडौं । शिक्षा ऐन जारी गर्न माग राख्दै शिक्षकहरूले दिउँसै टर्च बालेर काठमाडौँमा टर्च बालेर सरकार खोजिरहेका छन ।

सडक आन्दोलन गरेको सात दिन बितिसक्दा पनि सरकारको ध्यान नगएको भन्दै उनीहरूले  थप संघर्षका आन्दोलनहरु घोषणा गर्ने चेतावनी दिएका हुन ।

सरकारले शिक्षकको कुरा नसुनेको भन्दै आन्दोलनरत शिक्षकहरुले माइतीघर मण्डलामा देखि वानेश्वर तर्फ टर्च बालेर प्रदर्शन गरिरहेका छन ।

पुरानो शिक्षा ऐन खारेज गरी सरकारले नयाँ ऐन जारी गर्नु पर्ने उनीहरूको माग छ । लामो समयदेखि सरकारले शिक्षकहरूको माग पुरा नगरेका कारण बाध्य भएर आन्दोलनमा सहभागी हुनुपरेको उनीहरूको भनाइ छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार