विद्युतीय बक्यौता बाँकी राख्नु, राजस्वको दायरामा ठुला घरानालाई (हो-हो बाबू हो) नआतिउ म छु भन्नू अनि श्रमिक, बिद्यार्थी र ब्यबसायी बिदेश लखेट्नु नै वर्तमान होस या निवर्तमान सरकारको ठूलो उपलब्धी हो। जागिरे, वृद्ध-बृद्दा अनि राजनितीज्ञको मात्र जमात हुने छ राज्यमा एकदिन।
ऋणको भार दैनिक रुपमा बढ्दै छ, अर्थमन्त्रालयको गोप्य तथ्यांक हेर्ने हो भने अवस्था दयनिय छ अनि रेमिट्यान्स यति भो उतिले बढ्यो भन्दै गर्व साथ रिपोर्ट प्रकाशन गर्छ राष्ट्र बैंक । कर्णाली बिकास बैंकको अवस्था दयनिय भएको सुचना अगाबै भएपनि त्यसको सुधारोन्मुख पक्ष तर्फ किन लागिएन? राष्ट्र बैंकको दायित्व होइन र? गभर्नर महाप्रसाद अधिकारी आफ्नो पाँच बर्षे कार्यकाल सकेर शुक्रवारबाट औपचारिक रुपमा बिदा भए। उनले मौद्रिक नीतिमा कडाई गरेकै कारण पछिल्ला चार वर्ष चौतर्फी रुपमा आलोचना खेप्नु पर्यो।
खाडीमा जवानी बेचेर कतिपय दाजु-भाईले आफ्नो अङ्ग नै चढाएर आउछन, राज्यबाट सेवा सुबिधा के छ? हामीले यो सुबिधा दिएका छौ भन्ने राजनितिज्ञ होस या प्रशासकिय कर्मचारी कोहि एक शब्द बोल्न सक्दैनन्। जापानमा तपाईं कतै हराउनु भयो भने त्याहाको स्थानियले तपाईलाई आफ्नो गन्तव्य सम्म सजिलै पुर्याईदिन्छन तर नेपालमा एयरपोर्ट एरियामै ट्याक्सीबाटै लुटिरहेका हुन्छन।
काठमाडौं राज्य चलाउने बागदरबारका राजा र सिंहदरबारका सिंहको तालमेल गतिलो देखिदैन, सम्बन्धमा खराटपन छैन भने महानगरको बार्षिकोत्सबमा उप-राष्ट्रपतिलाई मात्र किन प्रमुख आतिथ्यको निम्तो गरिन्थ्यो? प्रत्येक बर्ष महानगरले प्रधानमन्त्रीलाई नै पठाउने गरेको निम्तो यो बर्ष अलि भिन्न भयो, कतै सिंहदरबारबासी र बागदरबारबासीको शान्तीस्वस्ती गराउनुपर्ने त होइन? यस्तै इगो र अहंकारीताले गर्दा नै नकारात्मक भावना उत्पन्न हुने हो। स्ट्याटसकै माध्यम र खित्क्यौली बोलीको तालमेल नमिल्दा अहिले महानगर प्रमुख प्रशासकीय अधिकृत बिहिन हुन पुगेको छ। महानगरकी उप–प्रमुख सुनिता डंगोल र कार्यपालिका सदस्यसहितको अनौपचारिक बैठकपछि ताला फोडेर गुरागाईँलाई तीन महिना १४ दिनपछि बिहीबार कार्यालयमा हाजिर गरे। उनी गत पुस ७ गतेदेखि घर बिदामा थिए। महानगरका कर्मचारीले तीन महिना देखि तलब पाईरहेका छैनन्।
बिश्वबिधालयले बिद्यार्थीलाई केहि दिन सकेन, दियो त केबल सर्टिफिकेट र टोकन अफ लभ। बिदेशिने माध्यम बनेको छ प्रमाणपत्र। आज गन्न सकिने बिश्वबिधालयको कक्षाकोठा र पढाउने मास्टर बढी हुदा बागबजारका गल्लीगल्लीमा रहेका कन्सलटेन्सीले कमाउधन्दा पाईरहेका छन। निजि क्याम्पस खोल्ने पैसावालले निर्धक्क कन्सल्टेन्सीमा लगानी गर्छ।
केहि समय अघि `रअ´ ले निर्धक्क भनेको थियो, अबको एक महिनामा सरकार ढल्छ, अनि मिडियाको पगरी गुत्नेले घुमाईघुमाई लेख्न के गाह्रो! जो ताते पनि बालकोटको बार्दली होस या खुमलटारको कौसी नै होस या बुढानिलकण्ठको भर्याङ, कसैले केही गर्नेवाला छैन।
मङ्सिर २९ गतेको कहानी हो, एक महिला स्कुटरमा बाग्मती करिडोरमा आईन अनि हत्तपत्त आफ्नो शरिरमा पेट्रोल खन्याएर आगो लाईन। सुसाईट नोटमा घरायसी आर्थीक मामिलाको कुरा खुलाईएको थियो। मङ्सिर ३० गते सुश्मा मेमोरियल अस्पतालमा उनको निधन भयो। आर्थीक मारमा परेका जनताको जिबनगाथा भाबबिहाल छ भन्ने चेतन्य बर्तमान सरकारलाई छैन।
समिकरण सरकारले खासै परिबर्तन ल्याउन सकेन बरु नेतृत्वको पनि भागबण्डा गर्यो। प्रजा मर्दा छाक छोड्ने राजा थिए रे भन्दै अझै सामाजिक अध्ययन भन्ने किताब बिश्वबिधालयले पढाउछ तर अहिले त कुन पार्टीको रहेछ हेर हेर भन्ने वाच्य आएपछी मात्र ठाडोकान लाउछन। प्रतीब्यक्ति ऋण ९० हजारको हाराहारीमा पुग्न लागीसक्यो तर पनि सरकार दक्ष जनशक्ती रोक्ने तर्खरमा छैन। गणतन्त्रबादी र राजाबादीको छुट्टै गुनासो छ।
गत शुक्रबार भएको झडपमा २ जनाले ज्यान गुमाउनु पर्यो। दुर्गा प्रसाई जब आफ्नो निजि गाडि तिनकुनेबाट बानेश्वर तर्फ लैजान्छन, झट्ट हेर्दा साउथ मुभीको स्टन्ट भन्दा कम देखिदैन। उनको त्यो हर्कतले गृह र सुरक्षा निकायलाई गिज्याएको बुझिन्छ। अन्तत: कर्फ्यु जारी नगरी माहोल साम्य भएन। भाट भटेनी लुटपाट गर्नेलाइ क्यामेरा हेरी हेरी समाए तर करोडौ को क्षती भएको जडीबुटी प्रसोधन केन्द्रको बिषयलाई खासै गम्भीरतापुर्बक लिएको देखिएन।
सहकारी पिडितले पनि केहि आमुल निर्णय पाएका छैनन्। हालै राष्ट्र बैंकले बचत तथा ऋण सहकारी संस्थालाई थप प्रभावकारी बनाउन नयाँ मापदण्ड ल्याएको छ। अब सहकारीले आफ्नो कुल सम्पतीको ५% मात्र ऋण लिन सक्ने ब्यबस्था गरिएको छ।
शिक्षा ऐन पारित गराउन हाल देशैभरका शिक्षकहरुद्वारा दोस्रो चरण आन्दोलनको सुरुवाती गरिएको छ। हिउदे अधिबेशन अगाबै पारित गर्नुपर्ने ऐन अन्त्य हुदा सम्म पनि केहि सुनुवाई भएको छैन। शिक्षकहरूको माग सम्बोधन नगरी संसद् बन्द गर्नु निरंकुशताको पराकाष्ठा भन्ने तर्क नेकपा महासचिव देव गुरुङले राखे।
नेपाली राजनीतिक प्रणाली कस्तो भयो भने सत्तापक्षको साँस प्रतिपक्षलाई गनाउछ चाहे जुनसुकै महंगा दन्तमन्जनले माझेको होस्। आज शिक्षक संगठन बहिरो सरकारलाई कान खुलाउन सिठि जुलुस निकाल्दै छ। हाल आन्दोलनरत शिक्षकहरुले भोलिबाट एसईईको उत्तरपुस्तिका जाच नगर्ने, विद्यालय बन्द हुने र नतिजा प्रकाशन नगर्ने अडान लिएका छन्।
सहकारी पिडित, राजाबादी-गणतन्त्रबादी आन्दोलन होस् या अन्य केहि प्रसङ्ग जतिपनि सिर्जना भए, त्यसले न पूर्णता पायो न कुनै उपलब्धि नै भयो ।