त्यो घनघोर जङगलमा
तिखा तिखा काडामा ।
टेक्दै हिनेको त्यो दिन
चटक्कै बिर्सेछौ कमरेड ।।
सिहँदरबार पाएपछी
ती गरीब दु खी जन्ताको घरमा ।
भात माग्दै खाएको त्यो दिन
चटक्कै बिर्सेछौ कमरेड ।।
चौरासी ब्यान्जन खाएपछी
हजारौ माईल चपल लाएर ।
क्रान्तिको यात्रामा निस्कीएको त्यो दिन
चटक्कै बिर्सेछौ कमरेड ।।
पजेरोमा चडे पछी
युद्व को बेला कार्यकर्तालाई ।
प्रतिक्षर्ण दिएको त्यो दिन
चटक्कै बिर्सेछौ कमरेड ।।
सिहँदरबार भित्र सफत खाएपछी
रगतले मुछीएको माटोको टीका लाएको त्यो दीन ।
चटक्कै बिर्सेछौ कमरेड ।।
गला भरी फुलका माला लाएपछी
गरिबको त्यो सानो झुप्रो
फेर्न हिडेको त्यो दिन
चटक्कै बिर्सेछौ कमरेड ।।
गगनचुममी महल पाएपछी,
सामन्तवाद को बिरोध गर्दे ।
हिनेको त्यो दिन चटक्कै बिर्सेछौ कमरेड
आफै सामन्तवादी भएपछी ।।