कालिकोट । नेकपाका केन्द्रीय सदस्य तथा पलाताँ इन्चार्ज साहासी सीले अबको मिसन गणतन्त्र मात्र हैन समाजवाद हो भनेर ठोकुवा गरेका छन ।
नेकपा माओवादी केन्द्र र नेपाल कम्युनिष्ट पार्टिको संयुक्त आयोजित कालिकोट राडुनेटा स्थित कार्यक्रममा ३० औं महान जनयुद्ध दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि साहासी सीले सो कुरा बताएका हुन ।
कार्यक्रमलाई सम्बोधन गर्र्दै उहाले भन्नु भयो ” नेपालको राष्ट्रिय राजनितिक संकटको समाधान मोर्चा बन्दिको बाटो बाट हल गर्न जरुरी छ , पलाता बाट १६ जना सहीद भएका छन कुन कारणले बलिदान गरे ? शहिदहरुको एउटै कसम थियो की त मुक्ती की त मृत्यु भन्ने लडाई बाट ल्यायको हो गणतन्त्र आज जनयुद्धलाई तहस नहस पार्न खोजियो त्यसको विरुद्ध हो यो एकता र मोर्चा पञ्चायति व्याबस्था आफै विदाई भएको हैन माओवादी जनयुद्धले लखेटेको हो ।
सिङगो माओवादी सत्तामा गएको छैन केही साथिहरु सरकारमा गएका हुन सत्ता भन्ने फरक कुरा हो माओवादीको सत्ता आएकै छैन माओवादीले केही गर्न सक्तैन भन्ने कुरा साम्राज्यवादीले फैलाएको हल्ला बाहेक केही हैन अहीले हाम्रो एकता भनेको समाजवादका हो ।

समाजवादी व्याबस्था बाहेक अरु व्याबस्था जनताको हुनै सक्तैन । दलाल पुविवादी अर्थतन्त्र नवउद्धारवाद को विकल्पमा समाजवादी उत्पादन मुखि आत्मनिर्भर अर्थ प्रणालिले मात्र जनताको रोजगारी, समृदी, सुशासन र समानताको ग्यारेन्टी गर्छ । अहीले राज्यले परनिर्भर अर्थतन्त्र अंगालेको छ युवाहरु देशमा छैन यो भाग्यको कुरा नभयर अहीलेको व्याबस्थाले थुपारेको संकट हो । अब हामी मोर्चा र एकताको माध्यम बाट यो देशमा समाजवादी व्याबस्था स्थापना गर्नु पर्छ ।” नेपाली जनताको मुक्तिको लागी अन्तिम सम्म लडिरहने प्रतिबद्धता समेत जनताको बिचमा जायर गर्नु भयो ।

कार्यक्रमको सभा अध्यक्ष नेकपा मा.के. पलाता गाउँ कमिटी सचिव तथा जिल्ला सदस्य सर्जन बुढा (पाण्डव) विशेष अतिथि नेकपा पलाताँ सेक्रटरी अनरुप सी विशेष अतिथि नेकपा मा.के. जिल्ला कमिटी सदस्य तथा पलाताँ गा.पा. उपाध्यक्ष अलैपुरा हमाल जैशी विशेष अतिथि नेकपा मा.के.कर्णालि प्रदेश वैकल्पिक सदस्य भिम ब.बम सौगात विशेष विशेष अतिथि नेकपा मा.के. जिल्ला सदस्य विरी बि.क. विशेष अतिथि पलाताँ गा.पा. पुर्व उपाध्यक्ष दाना न्यौपाने लगायत अतिथिहरु थिए । कार्यक्रमको सञ्चालन कमल रोकायाले गरेका थिए ।
३०औं जनयुद्ध दिवसको कार्यक्रमलाई रोमाञचक बनाउन विभिन्न स्थानिय कलाकारहरु द्धारा २९ वटा टीमले देउडा नृत्य एकल गायन डान्स लगाएतका प्रस्तुतिहरु प्रदर्शन गरेका थिए । साथै स्थानिय कलाकार लाई प्रोत्साहन गर्न प्रोत्साहन पत्र र प्रत्येक टीमलाई रु ५०० का दरले पुरुस्कार समेत वितरण गरिएको थियो ।



