अछाम घटनाको रहस्य खुल्यो अनुसन्धान बाट

अछाम । अछाममा दुई किशोरी मृत फेला परेको घटनाको अनुसन्धान  प्रहरीले पत्रकार सम्मेलन गरी खुलाएको छ ।

ढकारी गाउँपालिका – १ को छिन्ने जंगलमा ढकारी- ८ पल्साताकी १५ वर्षीय सरस्वती खड्का र १४ वर्षीय इशरा खड्का मृत भेटिएको घटनामा अनुसन्धान बाट अनीहरु कै प्रेमीहरुले हत्या गरेको रहस्य खुलेको हो।

जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) ईश्वरी भण्डारीका अनुसार परिवर्तित नाम ६९ मंगलसेन ७३ र परिवर्तित नाम ६९ मंगलसेन ७६ लाई घटनाको सम्बन्धमा आवश्यक सोधपुछ गर्दा मृतक ईशरा खड्का परिवर्तित नाम ६९ मंगलसेन ७३ को प्रेमिका रहेको भनी खुल्न आएको।

परिवर्तित नाम ६९ मंगलसेन ७६ को सरस्वती खड्का प्रेमिका रहेको अनुसन्धान बाट खुलेको छ । इशरा खड्का लाई  फोन गरी भेट्न बोलाएको र भेट्ने सल्लाह गरी बाख्रा चराउन जंगल गएको र मायाको चिनो स्वरूप दोपट्टा मागेको र मृतक इशरा खड्का को चुन्नी खोसेर लगेको र मृतक सरस्वती खड्काले दोपट्टा दिन नमान्दा इयरफोन खोसेर लगेको  र  विवाद उत्पन्न भएको देखिन्छ ।

मृतक सरस्वती खड्काको नजिकै गएर परिवर्तित नाम ६९ मंगलसेन ७६ ले यौन प्रस्ताब राखेको तर बिहे गर्ने भए मात्र हुन्छ नत्र हुँदैन भन्दा मंगलसेन ७६ ले यौन प्रस्ताब नशिकर्दा रिसले पछाडि बाट ढुङ्गा प्रहार गरी टाउको मा लाग्दा सरस्वती खड्काको मृत्यु भएको अनुसन्धान बाट प्रहरी नायब उपरीक्षक (डीएसपी) ईश्वरी भण्डारीले बताएका  छन ।

यस घटनालाई लुकाउन कृतिम बनाउन माथिबाट ढुङ्गा खसाउँछन दुइटै केटा र इशरा घटना स्थलमा जान्छन अब जे हुनु भइहाल्यो यो कुरा बाहिर नभन्नु भन्दा इशराले म घरमा भन्छु भन्दा इशरा कै प्रेमीले ढुङ्गा हान्छ र लडाउँछ त्यसपछि जसले सरस्वती को हत्या गर्यो सोही व्यक्ति ले मुखमा ठूलो ढुङ्गा हानेर दुवै जना को हत्या भएको प्रहरले जनाएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार