सिन्धुपाल्चोक । गोल्मेश्वरी आधारभूत विधालय पाँचपोखरी थाङपाल गाँउपालिकाको वडा नं ६ मा पर्छ। वास्तबमा गाउँपालिका कै जेष्ठ र सम्माननिय बिधालयमा पर्ने बिधालय हो गोल्मेश्वरी आधारभूत विधालय। बि.सं २००८ सालमा स्थापना भएको बिधालयमा हाल सम्म कक्षा ८ सम्म मात्र पढाई हुन्छ। कार्यपालिका पनि यस बिषयमा मौन देखिन्छ।
सजिसजावट र भयानक बिधालयको दृश्य मात्र पाँचपोखरी थाङपाल गाँउपालिकाको पेजमा हिडिरहेको देखिन्छ। कार्यपालिका नजिककै बिधालयमा अझै कक्षा १० सम्म पढाई हुदैन भन्ने बिषयले शिक्षा शाखा र जनप्रतिनिधिलाई गिज्याईरहेको देखिन्छ।
यतिमात्र होइन कुनै समय गोल्मेश्वरी आधारभूत विधालयले तलब खुवाउन सक्ने अवस्था समेत थिएन।
राणाकालको अन्त्य तिर स्थापना भएको बिधालयले ७२ औ बार्षिकोत्सव दङ्गादङ्गी साथ मनायो तर ७ जोड २ अर्थात ९ कक्षामा बिधालयलाई पद्दोंनती गर्न सकेन। यस बिषयमा पालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा-अध्यक्ष लगायत जनप्रतिनिधि जिम्मेवार नभएको आकलन गर्न सकिन्छ। सरकारी संयन्त्रमा काम गर्ने कर्मचारीले आफ्नो सन्तति गाउँकै बिधालयमा किन पढाउदैनन? शिक्षा गुणस्तर नभएर या अंग्रेजीमा कम्जोर हुन्छन भनेर?
पछिल्लो समय शहरिया कलेजका मालिक गाउँ पस्दै कलेजको व्यापक प्रचार गरिरहेको देखिन्छ तर स्थानिय मातहतमा रहेको एउटा शिक्षालयलाई बेवास्ता गरेको गाउँपालिकाले गुणस्तर शिक्षा प्रदान गर्छ भन्ने बिषय अस्थाई सरकारको परिपक्क बोलि जस्तै देखिन्छ।
त्यति मात्र होइन, बिधालय उकास्न स्थानियले चन्दा समेत दिएको बिबरण हामि माझ छ। बिधालयले पैसो फिर्ता गर्ने सर्तमा ऋण लिएको थियो तर त्यो साँवा समेत फिर्ता गरेको छैन। बिधालयलाई दानको बिषय उठ्ने बित्तिकै हित बहादुर भट्टराईले ९५००० रुपैया सहयोग गरे। त्यस्तै शिब धिताल, बिष्णु भट्टराई, अमर ब. भट्टराई, लिला ब.भट्टराई, राजकुमार भट्टराई, बालकृष्ण धिताल, बिर ब. अधिकारी, अप्सरा के.सी, बिशाल अधिकारी, केशब चुहान, रामकृष्ण चापागाईं, युबराज भट्टराई, रामनाथ आचार्य, मुकुन्द पाण्डे लगायतका ऋणदाताले ५० हजार ऋण सहयोग गरे तर बिधालयले ५० प्रतिशत मात्रै साँवा फिर्ता गर्यो। बिधालय उन्नतीको लागि त्यतिमात्र होइन साँवाको पनि ऋणदाताले असुलको लागि कुनै पहल गरेनन्। सम्पन्न भए पश्चात ऋणदाताको मूल्य चुक्ता गर्ने दायित्व बिधालय प्रशासनको हो तर यो बिषयमा बिधालय मौन छ।
कुल ११,३५,००० ऋणमा ५,३५,००० मात्र साँवा फिर्ता गरेको बिधालयले बाँकी ६,००,००० अझै फिर्ता गरेको छैन। बिधालयले न साँवा नै फिर्ता गर्यो, न ब्याज बापतको रकम चन्दा सूचीमा नै राख्यो।
बिधालयको पर्यायबरण हेर्दा अहिले कुनै समस्या छैन तर शिक्षा संयन्त्रलाई कार्यपालिकाबाटै ब्यवास्ता हुदा बिधालयको गरिमामा नै ठेस लागेको देखिन्छ।
बिधालयको निर्माण ठेक्का नं अनुसार (पीटिआरएम/०६/०७९/८०) बि बि कन्स्ट्रक्सन एण्ड सप्लायर्सले पाएको थियो। भवनको कुल लागत अनुमान असि लाख तिर्हत्तर हजार छ सय पन्ध्रमा गरीएपनि त्रिपन्न लाख दुई हजार सात सय तिसमा सम्झौता गरिएको थियो। हाल बिधालय भवन टहराको पछाडी शो पिस झैँ ठडिएको छ। अन्य कामको लागि ३० लाखको टेण्डर परेको सूचना आए पनि कामको सुरु भएको छैन।
अवकाश भएका शिक्षक र बहालवाला शिक्षकको पनि बिधालय सुधार सम्बन्धमा ठुलो र महत्वपूर्ण भूमिका हुन्छ तर कार्यपालिका झैँ बेवास्ता गर्दै निवृत्तिभरण भएका शिक्षक पनि वर्तनीमै सिमित भएको देखिन्छ।
कुनै पनि संरचनाको आयु १०० बर्ष नाघेको छ भने त्यस्तो संरचना पुरातत्त्व विभाग अन्तर्गत पर्छ। ७२ औं बर्षीय ईतिहास बोकेको बिधालयको तस्बिर अझै पाँचपोखरी थाङपाल गाँउपालिकाको पेजमा प्रदर्शन भएको देखिदैन तर पाँचपोखरी थाङपाल गाँउपालिकाको गौरबको आयोजना भन्दै थाङपाल भ्याली स्कुलको तस्बिर हिडिरहेको देखिन्छ। कतै ठुला जनप्रतिनिधि र राजनीतिज्ञको ध्यान ठुलै स्कुल तर्फ गएको त होइन?
यो पनि:
पाँचपोखरी थाङ्पाल गाउँपालिकाको केन्द्र भेकमै कक्षा ८ सम्म मात्र पढाई
आठ सालमा स्थापना, आठ सम्मै पढाई !
शिक्षा नीतिलाई गिज्याईरहेको गोल्मेश्वरी!
गाउँपालिका छेउकै बिद्यालयमा लेउ, भवन ठडियो पढाई छाप्रोमै
७२औं वार्षिकोत्सव सम्पन्न गरेको गोल्मेश्वरी