अनुगमनमा रहेका सांसदहरुले नै रक्सि खाएर एक अर्काको पोल खोल्दै गरेको विषयले लाज पनी लजाएको छ

देशको महत्वपुर्ण पद सांसद पदमा रहेका त्यो भन्दा पनि अनुगमनमा रहेको समिति नै रक्सि खाएर झुम भए पछि कसरी सही अनुगमन होला र ?

काठमाडौैं । रास्वपा सांसद विनिता कठायतले कृषि अनुगमन समितिमा रक्सि खाएको भन्ने कुरा राख्दै गरेको भिडियो क्लिप भाइरल भएको छ ।

कृषि समितिको अनुगमनमा रहेका सांसदहरुले नै रक्सि खाएर एक अर्काको पोल खोल्दै गरेको विषयले लाज पनी लजाउने गरि सांसदहरुको कर्तुत बाहीरीएको हो ।

सांसद कठायतले भनेकी छन ” रक्सि खाएर तपाईहरुले जे पायो त्यही बोल्न मिल्छ हरासमेन्ट गर्ने उहाहरुलाइ देश निकाला गर्न खोज्ने ? तपाइहरुले मलाइ पेल्न खोज्ने ? तपाइहरुले बोलेको एक एक कुरा छ मसंग सुमनाले कति संग विहे गर्याे ? भन्ने त्यो सरोकारको विषय हो ? सोविता गौतमले के बोल्यो सरोकारको विषय हो ? रास्वपाले के गर्छ भन्ने कुरा सरोकारको कुरा हो ? यो समितिको अनुगमनको कुरा हो । सभापति ज्यु कसलाइ भन्न जानु ? सभापति ज्यू समितिमा भाको कुरा समितिमा नै भन्न पाउनु पर्छ सभापति ज्यू तपाई स्वयम त्यही हुनुहुन्थ्यो सभापति ज्यू तपाइको मुख बाट पनि दुई तिन कुरा निस्केका छन ।  तपाईहरु एन जि ओ को पैसामा अनुगमनमा गएर रक्सि खाएर जे पायो त्यही गर्न मिल्छ ? ”

भनेर रास्व्पा सांसद विनिता कठाएतले एमाले सांसदलाइ आरोप लगाएकी छन । कृषि अनुगमन समितिको छलफलमा सांसद कठायतले आफ्नो दुखेसो पोखेकी छन ।

देशको महत्वपुर्ण पद सांसद पदमा रहेका त्यो भन्दा पनि अनुगमनमा रहेको समिति नै रक्सि खाएर झुम भए पछि कसरी सही अनुगमन होला र ? यस्तो गरिमामय पदको दुरुपयोग गरि जनताको अमुल्य भोट लिएर रक्सि खाएर होस हबास उडने गरि यस्तो अबस्थामा देशले निकास कसरी पाउला भन्ने प्रश्न खडा भएको छ ।

स्रोत  : भिडियो  क्लिप सेतो पाटी   

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार