सुमेरु सहकारीको कार्यालय सिल

काठमाडौं । ललितपुरको सुमेरु सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडमा सिल गरिएको छ ।

बिहीबार बागमती प्रदेश अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यालयले सुमेरू सहकारीको कार्यालय सिल गरेको हो ।

कार्यालयका सूचना अधिकारी हरिकृष्ण दाहालका अनुसार सुमेरु सहकारीको पुलचोकस्थित मुख्य कार्यालयसहित २ शाखा सिल गरिएको हो । सहाकारीको प्रधान कार्यालयसहित धापाखेल र गठ्ठाघरको शाखा कार्यालयमा सिल गरिएको हो ।

सरकारले यस सहकारीलाई गत पुस २८ मा समस्याग्रस्त सहकारी घोषणा गरेको थियो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार