१६ अगस्ट १९५८ मा बे सिटी मिचिगन, संयुक्त राज्य अमेरिकामा म्याडोनाको जन्म भएको थियो । उनि अमेरिकी गायिका , गित रचनाकार, अभिनेत्री र व्यवसायीको रुपमा चर्चित छिन । सन १९५० को दशकमा उनको लोकप्रियता अत्यन्त चरम चुलिमा थियो । यसकालामा उनले आफुलाई मनोरञ्जन उद्योगमा सबै भन्दा शक्तिशाली र लोकप्रिय व्यक्तित्वको रुपमा स्थापित गरिन । म्याडोना एक ठुलो इटालियन अमेरिकन परिवारमा जन्मेकी थिइन । उनले मिचिगन विश्व विद्यालयमा अध्ययन गरिन । साथै एल्भिन एलिसंग अमेरिकन डान्स थियटरमा डान्स अध्ययन गरिन । यसै क्रममा उनी डान्स प्रशिक्षणकै लागि छोटो सपयको लागि पेरिस पनि गएकी थिइन । न्युयोर्क फर्किए पछि उनी विभिन्न रक सांगितिक समुहहरुमा सामेल भइन । उनको पहिलो चर्चित गित ”होलिडे” १९८३ मा बजारमा आएपछि होटल, रेस्टुरेन्ट, बार, घर, वाकमेन जताततै यो गित बज्न थाल्यो ।
उनले गाएका गितहरुमा उनको अत्यन्त समधुर स्वर त छदै थियो त्यसमा सुनिरहौ लाग्ने लय र लभ सेक्स र अन्य सम्बन्धका शब्दहरु हुन्थे । त्यस पछि ”टु ब्लु” (१९८९) को सरलता ”जस्टिफाई माइ लभ” (१९९०) को काल्पनिकता ”रे अफ लाइट” (१९९८) को आध्यात्मिकताले उनमा विविध प्रकारका गितहरु गाउने क्षमता रहेको प्रमाणित गर्दै उनको उनको लोक प्रियता बढ्न थाल्यो । उनको स्वर हरेक प्रकारका पप गीतहरुमा सुहाउदो थियो जुन करोडौ स्रोताहरुले स्वीकार गरेका थिए । म्याडोना म्युजिक भिडियोलाई पूणरुपमा आफ्नो सफलताको लागि प्रयोग गर्ने पहिलो महिला थिइन । उनि संग टप डिजाइनर जीनपउल गल्टायर , फोटोग्राफर स्टेभेन मेसेल र हर्ब रिट्स, निर्देशक मेरी लाम्बर्ट र डेभिड फिन्सर जस्ता व्यक्तित्वहरु थिए । यिनिहरुको साथ, प्रेरणा र सहयोगले उनले आफ्नो कामुक र आकर्षक छवि बनाइन । उनको लाइक अ भर्जिन (१९८४) एक विवादास्पद म्युजिक भिडियो थियो । यसमा रातो वस्त्र धारी ”सिनर” ले ब्लाक सेन्टलाई चुम्बन गरेको दृश्य देखाइएको थियो । सन १९९१ मा निर्मित ‘ उनको टपटेन हीट गीत बजारमा आयो जुन सात करोड जति संख्यामा बिक्री भएर १ अरब २० करोड अमेरिकी डलर बराबरको व्यापार गरेको थियो।’ यसैबेला उनिहरु मनोरञ्जनको क्षेत्रमा लागेका हस्तीहरु द्धारा निर्मित एक कम्पनीको प्रमुख पनि बनिन ।
उनको सफलताको यो स्पस्ट सन्देश दिएको थियो की महिलाहरु पनि कुनै उद्योग माथि एकछत्र नियन्त्रण गर्न सक्छन । उनी एक रोल मोडेल बनिन अमेरिकी महीलाहरु माझ । सन् १९९२ मा म्याडोनाले आफ्नो कामुक छवीलाई सेक्स भन्ने एक अश्लील पत्रिकामा आफ्ना नाङगा उत्तेजक तस्विर प्रकाशित गरेर उजागर गरिन अति प्रदर्शन गरियो भनेर उनि चारैतिरबाट आलोचित भइन । लेखक नर्मन मेलरले उनि आफ्नै सेक्रेटरी हुन पनि भने । केही समय उनले गीत छोडेर फिल्मतिरपनि आफुलाई ढालिन । उनले डस्पेरेटली सिकिङ सुसान (१९८५) ”संघाई सरप्राइज” (१९८६) डिक ट्रसि १९९० जस्ता केही चर्चित फिल्ममा अभिनय गरेर आफ्नो अभिनय क्षमता पनि प्रष्ट पारिन ।
तर (१९९६) को सांगितिक फिल्म ”इभिटा” ले उनलाई फिल्म क्षेत्रमा सफलताको शिखरमा पुर्यायो । त्यसै वर्र्ष उनले एक छोरीलाई पनि जन्म दिइन । १९९८ मा उनको एल्बम रे अफ लाइट ले व्यवसायिक सफलताको शिखर चुम्यो र उनलाई सांगितिक क्षेत्रको महत्वपूर्ण ग्राहमी अवार्ड दिलायो । सन १९८० मा कलाकार सिन पेनसंगको धेरै छोटो वैवाहिक सम्बन्ध पछि सन २००० मा मात्र उनले बेलायती निर्देशक गय रिट्ची संग विवाह गरिन । उनबाट उनले एक छोरा पनि जन्माइन र हाल उनी बेलायतमा आफ्नो श्रीमान संग बेलायतमा बस्छिन ।
स्रोत: विश्व हल्लाउने महीलाहरु पृष्ठ २०- २२सम्म