जेनी मार्क्स जेनी वोन वेष्टफालेन संसार प्रसिद्ध दार्शनिक कार्ल मार्क्सकी पत्नी
साम्यवादका प्रवर्तक तथा महान दार्शनिक कार्ल मार्क्सकी जीवन संगिनी जेनी माक्र्सको जन्म जर्मनिको राइन प्रान्तको सल्ज्वेडलको एक सभ्रान्त परिवारमा १२ फेब्रुअरी १८१४ मा भएको थियो । उनका पिताको नाम बारेन लुडभिग वोन वेस्टफालेन थियो । उनी प्रान्तिय सल्लाहकार थिए । उनी अदार विचारधारा भएका मानिस थिए । उनमा सामाजिक समस्याहरु प्रति विशेष अभिरुचि थियो । जेनिको जन्म पछी उनको ट्रीरमा सरुवा भयो । त्यहाँ उनको माक्र्स परिवारसंग परिचय भयो । बालिका जेनी वान वेस्टफालेन आफ्ना अरु स्कुले साथीसंग कार्ल मार्क्ससंग खेल्ने गर्थिन । त्यो बाल्यकालको मित्रता युवावस्थामा पाइला टेके पछी एक अर्का प्रतिको प्रगाढ प्रेममा परिणत भयो ।
बाल्यकाल देखिको प्रेम जेनी २१ वर्षको र मार्क्स १७ वर्षको हुदा परिपक्व प्रेममा परिणत भयो, जसको परिणामस्वरुप उनिहरुले सन् १८३५ को गर्मियाममा विवाह गरे तर उक्त सम्बन्ध अभिजात वर्गका जेनीका मातापिताहरुको लागी अस्वीकार्य हुने सम्भावना थियो । त्यसैले उनीहरुले यस विवाहलाई तत्कालै सार्वजनिक गरेनन् । राम्रो आचारण र तिक्ष्ण बुद्धी भएकी जेनी रुप र सौन्दर्यमा पनि अनुपम सुन्दरी थिइन । कार्ल र जेनीले एक अर्काको विद्धता, सुन्दरता र राम्रो आचरणका कारण नै एक अर्कामा मन पराएका थिए ।
मार्क्सले उनकी प्यारी जिवन संगिनी जेनीसंग छुट्टीएर बर्लिनमा बस्नु परे पछी बिछोडको असहनीय वेदनाको कारणले केही भावपुर्ण साहित्यिक कृतिहरुको रचना समेत गरेका थिए । कार्ल माक्र्स त्यसबेला राइन पत्रिकामा काम गर्दथे तर त्यो पत्रिकालाई त्यहाको प्रतिक्रियावादी सरकारले प्रतिबन्ध लगाउने निर्णय गरे पछि त्यस पत्रिकालाई उदार बनाउने पत्रिकाका शेयरधनीहरुले निर्णय गरे तर मार्क्सले उनिहरुको उत्त निर्णयमा आफ्नो असहमति जनाएर १७ मार्च १८४३ मा राजिनामा दीए पछी जर्मनी बाहीर त्यस्तै पत्रिका निकाल्ने योजना बनाएका थिए । अर्काे पत्रिका पेरिसबाट प्रकाशित गर्ने निर्णय भयो । उनले जर्मनी छाडने निर्णय गरेता पनी जेनीलाई जर्मनीमा एक्लै छाडेर बाहीर जाने कुरा सोच्न सम्म सक्दैनथे । त्यसैले उनिहरुले १९ जुन १९४३ का दिन जर्मनीको एक सानो शहर क्रेइचेनाखमा विधिवत रुपमा विवाह गरे । मार्क्ससंगको विवाहपश्चात जेनी कार्लको कठोर जीवनमा एक भरपर्दाे सहयात्री साथी र क्रान्तिको सहयोद्धा बनिन् ।
जेनीले कार्ल मार्क्ससंग विवाह गरेपछी उनको जीवनले नयाँ मोड लियो आफुले २१ वर्षसम्म बिताएको जीवनशैली भन्दा नितान्त फरक तर लक्ष्यप्रति अविचल अनी कठीनाई र अभावहरुले भरिएको जीवनको शुरुवात उनले गरेकी थिइन । विवाहपश्चात उनीहरु राइन नदीको बाटो भएर अक्टोबरमा पेरिस पुगे । उनिहरु पेरिस पुगेपछी मार्क्सले पत्रिका निकाल्न सुरुगरे १ मे १८४४ मा जेनीले उनकी जेठी छोरीलाई जन्म दीइन । त्यसबेला पत्रिकाको अबस्था पनी राम्रो थिएन । त्यसैले उनीहरुको आर्थिक स्थिति ज्यादै कमजोर थियो । यसै बिच १८४५ को शुरुमा उनीहरु बसेको घरमा अचानक प्रहरी आएर मार्क्सलाई २४ घण्टा भित्र पेरिस छोड्नु भन्ने प्रसियाली सरकारको आदेस सुनाएर गयो । तर जेनीले पेरिस छोड्नु पर्ने कुरा त्यहाँ उल्लेख थिएन । ( जेनीले त्यो कठिन पलमा आफ्ना घरायसी सामानहरु बेचेर केही पैसा जम्मा गरिन त्यो पैसाले उनिहरु ब्रसेल्स गए । ब्रल्सेसको बसाइमा एक राति २ जना मानिसहरु उनीहरु बसेको घरभित्र पसेर कार्लमार्क्सलाई सोधपुछकालागी भनी प्रहरी कार्यालयमा लगे त्यही रात मार्क्सलाई छुट्याउन प्रयासरत रहदा जेनीलाई प्रहरीले गिरफ्तार गर्याे र यौन व्यवसायी र पकेटमार आइमाइहरु राखिएको हीरासतमा उनिहरुसंगै राख्यो । त्यही उनले एक पुरानो साथि जीगोरलाई पनी देखिन जीगोरले जेनीलाई तल हेर्न इशारा गरे जेनीले झ्याल नजिक गएर हेर्दा कार्ल मार्क्सलाई सैनिकहरुले कडा सुरक्षा दिएर अन्तै लगेको देखिन । केही बेरको सोधपुछ पछी पनि प्रहरीले जेनीबाट केही हात पार्न सकेन र अन्त्यमा उनलाई हीरासतबाट मुक्त गर्याे ।
त्यसपछी मार्क्सको परिवार जहाँ गयो त्यहीबाट उनिहरुलाई लखेटीयो उनीहरु १८४५ मा पेरिसबाट १८४८ मा ब्रसेल्सबाट १८४९ मा क्योलनबाट र अगस्ट १९४९ मा फेरी पेरिसबाट धपाईएका थिए । बसाई सर्नका लागि उनिहरुसंग कैयौ पटक त पैसा नै थिएन । एक पटक त जेनी गर्वभती भएको बेलामा पनि उनिहरु निर्वासित हुनु परेको थियो । यस्तो अबस्थामा पनि बाध्य भएर गर्वभती पत्नीलाई र बच्चीहरुलाई एक्लै छोडेर मार्क्स २६ अगस्टको दिन लण्डन पुगे । एकपछी अर्को निर्वासनका कहिल्यै नटुङगिने श्रृखलाहरु र खस्कदो आर्थिक अबस्थाले पनी मार्क्सलाई कहिल्यै विचलित गर्न सकेन । यस दृढता पछाडी जेनी जस्तो अनेकौ दुःख कष्ट सहन सक्ने सहनशिल र आफ्नो श्रीमानले लिएको बाटो महान हो । र यसले संसार भरिका मजदुर वर्गलाई सबै किसिमका शोषणहरुबाट मुक्ति दिलाउछ भन्ने दृढ विश्वास भएकी जिवन संगिनिको साथ र उनको अगाध प्रेमले मुख्य भुमिका खेलेको थियो ।
मार्क्सको महान कार्यमा आर्थिक विपन्नता र पारिवारिक बिछोडका पिडाहरु सधै नै अबरोधको रुपमा अगाडी आउथे तर जेनीले ती पिडा, वेदना र आर्थिक समस्याहरुलाई माक्र्सको मार्गको बाधक बन्न कदाचित दीइनन् आफ्ना सन्तानहरु बिरामी भएको अबस्थामा उपचार गराउन पैसा नहुदा होस अथवा रोग र कुपोषणले सन्तानको मृत्यु हुदा अन्तिम संस्कार गर्ने पैसा नहुदा पनी जेनी कैहिल्यै गुनासो गर्दैनथिन बरु त्यसको उल्टो उनले माक्र्सलाई आफ्नै कार्यमा निरन्तर लागिरहन हौसला र पे्ररण दिन्थिन जसको अन्त्यतिर माक्र्स परिवारमा एक अर्काे विपद आइलाग्यो । यही वर्षको नोभेम्बरमा निमानियाका कारण छोरा फाक्सको मृत्यु भयो त्यसबेला उनिहरुलाई त्यो पिडाको सामना कसरी गर्ने भन्ने थाहा थिएन यो त सुरुवात मात्र थियो । अर्काे वर्ष १८५३ को क्रिसमसमा अर्की बच्ची फ्रान्जिस्कालाई ब्रोन्काइटिस भयो । यही रोगको कारणले उनी पनि तिन दीनपछि नै सदाका लागि यो धर्ति बाट हराईन ।
मार्क्स दम्पतिले भोग्नु पर्ने आफ्ना सन्तान वियोगको पिडाको श्रृखला यतिले नै समाप्त भएको थिएन ‘न्युयोर्क डेली ट्रिबुन’ बाट प्राप्त रकमले आर्थिक संकट केही कम भएको थियो त्यस वर्षको क्रिसमस पर्व मार्क्स परिवारमा रमाइलोगरि नै आयो । तर त्रिसमसले सुख र समृदी ल्यानुको साटो थप विपद ल्याईदियो । क्रिसमसको एक हप्ता बित्नेबित्तिकै सात वर्षिय छोरा एडगार बिरामी परे एक वर्षसम्म रोगले थलिएर उनको पनी मृत्यु भयो । मार्क्स दम्पतीले एक पछी अर्काे गर्दे यस्ता विपदहरुको सामना गरिरहनु पर्यो आशा र निराशाले भरिपुर्ण अविस्मरणिय वेदनाका स्रोत बनेका यी कठीन दिनहरुमा सर्वहारा वर्गको सेवा गर्ने महान विचारले मात्र मार्क्सलाई जिवित तुल्याएको थियो । जेनीको व्यक्तिगत जीवन दःख र वेदनाले मात्र भरिएको थिएन , यी अनेकौ दुःख कष्ट र वेदना सहनुपरे पनी उनीहरुको पारिवार खुसि परिवार थियो । मार्क्सको कठीन र अशान्त जिवनमा उनकी बफादार जीवनसाथि जेनीसंग मार्क्सलाई प्रगाढ प्रेमको भावनाले बाधेको थियो । जेनीले आफ्नो श्रीमानलाई अगाध प्रेम मात्र गर्दिनथिन बरु उनले रोजेको वैज्ञानिक एथार्थतालाई र त्यसको महानतालाई पनि आत्मासात गरेकी थिइन । त्यसैले त उनले मार्क्सका साथिहरु तथा सहयोद्धाहरुलाई आफ्नै परिवारका सदस्यहरु सम्झिन्थिन यस अर्थमा माक्र्स परिवार बसेको घर एउटा अन्तर्राष्ट्रिय घर बनेको थियो । यहाँ विभिन्न देशहरुबाट मानिसहरु आउने गर्दथे । मार्क्सकहाँ पुग्नेहरु सबैले उनको परिवार प्रति प्रगाढ संस्मरण सुरक्षित राखेका थिए जेनी मार्क्सले संघर्षका क्रममा आफ्नो घरमा आउने साथिहरुलाई सक्दो मद्दत गर्थिन ।
दशौँ वर्षसम्म जेनीले मार्क्सको सहायकको रुपमा काम गरिन मार्क्सको अचाक्ली नबुझीने लेखाइबाट उनी राम्रा अक्षरमा पाण्डुलिपि तयार गर्थिन । यसैगरि उनले पुजिको पहीलो खण्ड आफ्नै हातले सारेकी थिइन सभ्यता र ज्ञानले सम्पन्न साहित्य र कलाकी ज्ञाता जेनी मार्क्सले सन् १८७५ ( १८७७ मा जर्मन प्रजातन्त्रवादी अखवार फ्रयाङ्कफर्ट जेटुङ एण्ड हेन्डल्सब्लाट मा साहित्यिक आलोचना सम्बन्धि लेखमाला प्रकाशित गरिन । त्यसमा उनले लण्डनको थिएटर जीवनबारे प्रकाश पारिन शेक्सपियरका केही नाटकहरुमा मुख्य भमिका प्रस्तुत गर्ने कलाकार हेनरी इरभिङको उत्कृष्ट अभिनय बारे लेखिन र ब्रिटिश बुर्जुवा दर्शकहरुको अभिरुचिको हासो उडाइन् ।
जेनि मार्क्सले रुस लगाएत देशहरुमा मजदुर तथा क्रान्तिकारी आन्दोलनका ततिविधिहरुबारे निगरानि राखेकी थिइन र त्यस आन्दोलनमा आफु सक्दो योगदान पनी पुर्याएकी थिइन । आफ्नी सत्यनिष्ट जिवन संगिनी तथा संघर्षमा निः स्वार्थ सहभागिप्रति मार्क्सले पुँजीको दोस्रो र तेस्रो खण्ड समर्पित गर्ने मनसाय राखेका थिए । भन्ने एङ्गेल्सको भनाई रहेको छ । हुन त सर्वहारावर्गको मुक्ति र संघर्षमा जेनी मार्क्सको योगदान बाहय संसारको लागि विशेष छैन, तर एङ्गेल्सले उनको गणना पनि सर्वहारावर्गको क्रान्तिकारी समाजवादको पुरानो योद्धादल मा नै गरेका थिए । तिक्ष्ण विवेकशिल मस्तिष्क, राजनैतिक विनम्रता, स्फुर्ति, जोसिलो चरित्र, आफ्नो पतिले सम्पुर्ण जिवन बलिदान गरेको महान कार्यप्रति बफादारी र आत्मत्याग यी सबै कुराहरुले भरिपुर्ण जेनी माक्र्सबाट एङ्गेल्स ज्यादै प्रभावित थिए । त्यसैले त उनले उत्कृष्ट आत्मा भएकी नारी भनेका थिए ।
जेनी फोक्सोको निमोनियाको कारण लामो समयसम्म बिरामी भएर ओछ्यानबाट उठ्नै नसक्ने भइन उतामार्क्सलाई पनि कलेजोको क्यान्सर भएको थियो । डाक्टरहरुले उनको जीवन खतरामा भएको कुरा बताएका थिए । अर्काे कोठामा आफ्नी पत्नी मृत्युशैयामा संघर्षरत रहदा मार्क्स पनि रोगि थिए । सन् १८८१ को डिसेम्बर २ का दिन लण्डनमा जेनी स्वर्गवास भइन तर रोगले जीर्ण भएका मार्क्स आफ्नी प्यारी पत्नी जेनीको अन्त्येष्टिमा पनि सहभागि हनु सकेनन् ।
स्रोत: विश्व हल्लाउने महीलाहरु पृष्ठ २१- २५ सम्म