शासकिय ओलीको निर्देशन, जे छ पार्टी भित्रै गुपचुप राखौ

आफ्नो पार्टीको सदस्यलाई नै प्रधानमन्त्रीले देखि नसक्नु भनेर पार्टीको जग कमजोर बनाउदै जानू हो, सम्मानिय प्रधानमन्त्री एबम एमाले पार्टीअध्यक्ष केपी शर्मा ओलीले ‘पिलो निचोरिँदैमा वजन नघट्ने’ बताए।

प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले ‘पिलो निचोरिँदैमा वजन नघट्ने’ अभिव्यक्ति दिएका छन्।

पार्टीको केन्द्रिय बैठकमा  नेताहरूले विन्दा पाण्डे र उषाकिरण तिम्सेनालाई कारबाही गरिएको बिषयलाई स्पष्ट पार्न माग राखेका थिए।

रावलले अघिल्लो हप्ता पत्रकार सम्मेलन गर्दै भने, `मलाई कारबाही गर्ने ओली प्रवृत्तिको निरन्तरता हो, यसबाट म विचलित हुन्नँ, ओलीको निर्णय अलोकतान्त्रिक, निरंकुश, स्वेच्छाचारी र तानाशाही भए, देशभक्तिको आवाजबाट आत्तिएर उनले मलाई कारबाही गरेका हुन् ।’

त्यसमा ओलीले यस्तो बताएका हुन्। एक नेताले भने, ‘उहाँले पिलो निचोरिँदैमा वजन घट्दैन भन्नुभयो। साथीहरूले नेताहरूलाई कारबाही नगर्नुपर्थ्यो भनेर भन्नुभएको थियो।’

एमाले पार्टी भित्रको आन्तरिक द्वन्द पार्टी भित्रै नमिलाएर मिडियामा कुरा गर्दै हिडेको बिषयमा कारबाही गरिएको अभिव्यक्ति अध्यक्षले राखेका थिए।’  विन्दा पाण्डे र उषाकिरण तिम्सेनाले समस्याको हल आन्तरिक रुपमै मिलाउनु पर्ने धारणा राखेका थिए। मंगलबार आठौं केन्द्रीय कमिटीको बैठकलाई समापन सम्बोधनका क्रममा अध्यक्ष ओलीले बाहिर गएर पार्टीविरुद्ध बोल्ने जो कोहिलाई कारबाही गरिने चेतावनीसमेत दिए।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार