काठमाडौं । सिहंदरबार गृहमन्त्रालयमा पुर्व सांसद तथा नेकपाका नेता केन्द्रीय सदस्य डबल सी बाजुरा जिल्ला सचिव अभय सी लगाएत आठ जनाको टोलिले बाजुरा जिल्लाको कोल्टी क्षेत्रमा ईलाका प्रशासन कार्यालय स्थापनाको लागी गृह मन्त्रि रमेश लेखकलाई निवेदन पेश गरेका छन ।
गृह मन्त्रि रमेश लेखकले यसको पहल छीटै गर्ने आश्वासन दीएका छन , डबल सीले यो जनताको माग हो यसमा विशेष पहल गर्न पन्त्रि लेखकलाई आग्रह गरेका छन, उनले थप्दै भने यो तपाइको पनी दायित्व हो यदी माग कार्यन्वयन भएन भने म यही सिहंदरबारको गेटमा धर्ना बस्छु समेत सीले भनेका हुन ।
सुदुर पश्चिम प्रदेश निर्वाचन क्षेत्र “क” बाजुराको सदरमुकाम मार्तडीबाट अति नै दुर्गम क्षेत्रका रुपमा रहेको, कुल जनसंख्याको ४०% जनता उक्त क्षेत्रमा बसोबास गरिरहेको, सदरमुकाम मार्तडीबाट प्रशासनिक तथा अन्य सेवामूलक सुविधा लिनको निम्ति रु ५ हजार देखि १० हजारसम्म खर्च गरेर २/३ दिनको समय जुटाउनु पर्ने त्यस क्षेत्रका नागरिकहरुको बाध्यता रहेकोले उक्त क्षेत्रमा प्रशासन कार्यालय स्थापना गर्न माग गरिएको हो।
रीपोटीङको क्रममा विश्व दृष्टीकोणको टोलि समेत मन्त्रालय पुगेको थियो ।
यस्तो छ, निवेदनको पुर्ण पाठ :